कोरोना संक्रमितलाई लगाइने इन्जेक्सनमा कालोबजारी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ « Khabarhub

कोरोना संक्रमितलाई लगाइने इन्जेक्सनमा कालोबजारी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा-  कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने इन्जेक्सन कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

रेम्डेशिभिर नामक इन्जेक्सनको कालोबजारी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित वीरगञ्जका विभिन्न अस्पतालमा काम गर्दै आएका स्वास्थ्यकर्मी ताहिर अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अन्सारीसँगै भारत रक्सौलका एक पुरुष पनि पक्राउ परेका छन् । शनिबार राति पक्राउ परेका अन्सारीले दिएको वयानका आधारमा रक्सौलका एक पुरुषलाई वीरगन्जको इनर्वाबाट आइतबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूले कोरोना संक्रमितका परिवारजनलाई रेम्डेशिभिर नामक इन्जेक्सन साढे २८ देखि ३३ हजार रूपैयाँ लिएर विक्री गरेको प्रहरीको दाबी छ ।

नेपाल सरकारले उक्त खोपको अधिकतम मूल् ७ हजार ६ सय रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १० : ४६ बजे

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।