म्यादीका प्रवासीले गरे पहिरो पीडितलाई सहयोग | Khabarhub Khabarhub

म्यादीका प्रवासीले गरे पहिरो पीडितलाई सहयोग


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – धवलागिरि गाउँपालिकाबाट अमेरिका पुगेकाहरुले जन्मथलोका पहिरो पीडितका लागि १३ लाख ५० हजारभन्दा बढी सहयोग गरेका छन् ।

धवलागिरि गाउँपालिका घर भई रोजगारी, अध्ययन र पेशा, व्यवसायको सिलसिलामा अमेरिका पुगेकाहरुले पहिरो पीडितका लागि गाउँपालिकाले सञ्चालन गरेको अभियानमा रु. १३ लाख ६५ हजार पठाएका हुन् ।

मनबहादुर सिंकिजा, सुभाष भण्डारी र होमबहादुर पुनको अगुवाइमा अमेरिकामा सङ्कलन भएको सो रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको जनाइएको छ ।

बाध्यताले परदेशमा रहेपछि आफ्नो गाउँठाउँमा भएको विपद्बाट पीडितहरुलाई राहतका लागि सहयोग जुटाएर पठाएको सिंकिजाले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको संयोजकत्वमा सञ्चालन भएको आर्थिक सङ्कलन अभियानमार्फत हालसम्म करिब रु २५ लाख जुटेको छ ।

गत असार २५ र २६ गतेको पहिरोबाट धवलागिरि गाउँपालिकाको मराङमा १९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए । मराङ, धरापानी, ताकम र काफलडाँडाका बासिन्दा पहिरोबाट प्रभावित भएका छन् ।

पहिरोबाट घरबास गुमाएकाहरुको पुनःस्थापनाका लागि आर्थिक सहयोग सङ्कलनका साथै थप जोखिमको अध्ययन र पुनःस्थापनाका लागि सुरक्षित ठाउँको खोजी भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी मालिका गाउँपालिका–७ बिमका पहिरो पीडितका लागि आइतबार रु दुई लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ ।

हेमराज शर्माको पहलमा विश्वका विभिन्न ठाउँमा पुगेका युवाहरु आबद्ध युवा आवाज म्याग्दीमार्फत रु एक लाख ५० हजार र नर्वेमा रहेका अर्मनका मदन कँडेल, राजन शाही र भगवान शाहीको पहलमा रु एक लाख सहयोग प्राप्त भएको हो ।

दुई वटै सहयोगी संस्था तथा व्यक्तिहरुले सङ्कलन गरेर पठाएको रकम पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कँडेलले आइतबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको उपस्थितिमा बिमका वडाध्यक्ष रेशम जुग्जाली र वडा सदस्य बुद्धिबहादुर जुग्जालीलाई हस्तान्तरण गरेका छन् ।

प्राप्त सहयोग रकम असार २६ गतेको पहिरोका कारण घरबास गुमाएकाहरुको पुनःस्थापनामा परिचालन गरिने वडाध्यक्ष जुग्जालीले बताए ।

बिमको तल्लोगाउँ, नौरु, दुले र बाइन्दफाँटमा गएको पहिरोले आठ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् ।

पहिरोले बगाएर, भत्काएर र पुरिएर २६ घरमा पूर्णरूपमा क्षति पुगेको छ । पचास देखि ६० घर पहिरोको उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्था छ ।

पीडितहरुलाई बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँ र विदेशमा भएका घरका धनीसँगको सहमतिमा खाली घर, आफन्तकहाँ र पीडितकै अन्यत्र सुरक्षित ठाउँमा भएका अस्थाईरूपमा व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ११ : ०३ बजे

कैलालीबाट १२ जना जुवाडे पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१

७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत आधाभन्दा कम

काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर

तेहरान-अमेरिकाले इरानको फोर्डो परमाणु केन्द्रमा हमला गर्नुअघि उक्त स्थानमा कयौँ

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम– अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा