म्यादीका प्रवासीले गरे पहिरो पीडितलाई सहयोग « Khabarhub

म्यादीका प्रवासीले गरे पहिरो पीडितलाई सहयोग


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – धवलागिरि गाउँपालिकाबाट अमेरिका पुगेकाहरुले जन्मथलोका पहिरो पीडितका लागि १३ लाख ५० हजारभन्दा बढी सहयोग गरेका छन् ।

धवलागिरि गाउँपालिका घर भई रोजगारी, अध्ययन र पेशा, व्यवसायको सिलसिलामा अमेरिका पुगेकाहरुले पहिरो पीडितका लागि गाउँपालिकाले सञ्चालन गरेको अभियानमा रु. १३ लाख ६५ हजार पठाएका हुन् ।

मनबहादुर सिंकिजा, सुभाष भण्डारी र होमबहादुर पुनको अगुवाइमा अमेरिकामा सङ्कलन भएको सो रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको जनाइएको छ ।

बाध्यताले परदेशमा रहेपछि आफ्नो गाउँठाउँमा भएको विपद्बाट पीडितहरुलाई राहतका लागि सहयोग जुटाएर पठाएको सिंकिजाले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको संयोजकत्वमा सञ्चालन भएको आर्थिक सङ्कलन अभियानमार्फत हालसम्म करिब रु २५ लाख जुटेको छ ।

गत असार २५ र २६ गतेको पहिरोबाट धवलागिरि गाउँपालिकाको मराङमा १९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए । मराङ, धरापानी, ताकम र काफलडाँडाका बासिन्दा पहिरोबाट प्रभावित भएका छन् ।

पहिरोबाट घरबास गुमाएकाहरुको पुनःस्थापनाका लागि आर्थिक सहयोग सङ्कलनका साथै थप जोखिमको अध्ययन र पुनःस्थापनाका लागि सुरक्षित ठाउँको खोजी भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी मालिका गाउँपालिका–७ बिमका पहिरो पीडितका लागि आइतबार रु दुई लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ ।

हेमराज शर्माको पहलमा विश्वका विभिन्न ठाउँमा पुगेका युवाहरु आबद्ध युवा आवाज म्याग्दीमार्फत रु एक लाख ५० हजार र नर्वेमा रहेका अर्मनका मदन कँडेल, राजन शाही र भगवान शाहीको पहलमा रु एक लाख सहयोग प्राप्त भएको हो ।

दुई वटै सहयोगी संस्था तथा व्यक्तिहरुले सङ्कलन गरेर पठाएको रकम पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कँडेलले आइतबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको उपस्थितिमा बिमका वडाध्यक्ष रेशम जुग्जाली र वडा सदस्य बुद्धिबहादुर जुग्जालीलाई हस्तान्तरण गरेका छन् ।

प्राप्त सहयोग रकम असार २६ गतेको पहिरोका कारण घरबास गुमाएकाहरुको पुनःस्थापनामा परिचालन गरिने वडाध्यक्ष जुग्जालीले बताए ।

बिमको तल्लोगाउँ, नौरु, दुले र बाइन्दफाँटमा गएको पहिरोले आठ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् ।

पहिरोले बगाएर, भत्काएर र पुरिएर २६ घरमा पूर्णरूपमा क्षति पुगेको छ । पचास देखि ६० घर पहिरोको उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्था छ ।

पीडितहरुलाई बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँ र विदेशमा भएका घरका धनीसँगको सहमतिमा खाली घर, आफन्तकहाँ र पीडितकै अन्यत्र सुरक्षित ठाउँमा भएका अस्थाईरूपमा व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ११ : ०३ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा