अमेरिकी विदेशमन्त्री पोम्पेओ इजरायल, युएई, सुडान र बहराइनको भ्रमण गर्ने « Khabarhub

अमेरिकी विदेशमन्त्री पोम्पेओ इजरायल, युएई, सुडान र बहराइनको भ्रमण गर्ने


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्ने भएका छन् । अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो ।

संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भनेका छन् – विदेशमन्त्री पोम्पेओले यही अगष्टको २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमण गर्ने भएका छन् ।

भ्रमणका क्रममा उनले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्ने भएका छन् । सो विज्ञप्तिमा जनाइएअनुसार विदेशमन्त्री पोम्पेओले इजरायल अमेरिका सम्बन्धका साथै अरु विविध क्षेत्रीय विषयमा पनि कुराकानी गर्नेछन् ।

सुडानमा पनि विदेशमन्त्री पोम्पेओले त्यहाँका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्ने भएका छन् ।

त्यस अवसरमा विदेशमन्त्री पोम्पेओले इजरायल र सुडानबीचको सम्बन्धका विविध पक्षहरुका साथै अमेरिकी सहयोगको वर्तमान नागरिक सरकारको समर्थन र सहयोगका पक्षमा कुरााकानी गर्ने बताइएको छ ।

विदेशमन्त्री पोम्पेओले यस भ्रमणका क्रममा ती देशको शान्ति, सुरक्षा तथा स्थायित्वका बारेमा अमेरिकी सरकारको आवश्यक सहयोग र सद्भावका बारेमा कुराकानी गर्ने पनि सो विज्ञप्तिमा जनाइएको छ ।

आगामी हप्ता इजरायल र संयुक्त अरब इमिरेट्सबीच हुन लागेको द्धिपक्षीय बैठकमा ती दुई देशबीचको व्यापार, पर्यटन, आर्थिक लगानी, दुई देशबीचको प्रत्यक्ष हवाई उडान, दुरसञ्चार तथा अन्य प्राविधिक विकासका क्षेत्रमा सहमतिमा हस्ताक्षर हुन लागेको बताइएको छ ।

यो विषयमा केही दिन अघि यी दुवै देशका तर्फबाट प्रकाशन भएको संयुक्त वक्तव्यमा जनाइएको सो समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १२ : ४४ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र