सरकारले तीन लेभलको व्यवस्था खारेज गर्दै बनायो कोभिड अस्पताल « Khabarhub

सरकारले तीन लेभलको व्यवस्था खारेज गर्दै बनायो कोभिड अस्पताल


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न तय गरेको ३ लेभलको अस्पतालको व्यवस्था खारेज गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत कोरोना संक्रमितको उपचारका लागि तय गरिएको ‘लेभल’ अस्पतालको व्यवस्था खारेज गरिएको बताए ।

डा गौतमका अनुसार कोरोना भाइरस संक्रमितको उपचारका लागि तयार पारिएका लेभल एक, लेभल दुई र लेभल तीनका अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको हो ।

डा गौतमले कोरोको उपचारका लागि यसअघि सूचीकृत गरेका सबै अस्पताललाई कोरोना अस्पताल भनेर नामाकरण गर्ने पनि बताए ।

तर ती अस्पतालहरुमा कोभिड र नन–कोभिडको उपचारका लागि छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने डा गौतमले बताए ।

यसअघि मन्त्रालयले बनाएको ‘कोभिड–१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’मा तहगत रुपमा वर्गीकरण गर्ने व्यवस्था थियो ।

कम लक्षण र जोखिम भएका बिरामीलाई लेभल एक, सामान्य अवस्थाभन्दा अलि जटिल समस्या देखिएका संक्रमितहरुलाई लेभल दुई र अक्सिजन, भेन्टिलेटरको आवश्यक पर्ने गम्भीर बिरामीलाई लेभल ३ को अस्पतालमाम उपचार गरिँदै आएको थियो ।

स्वास्थ्य मन्त्रालयले देशभरका लेभल एकमा २३ वटा, लेभल दुईमा १८ र लेभल तिनमा ७ वटा अस्पतालहरु तोकेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ६ : २१ बजे

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका