विदेशमा अलपत्र नेपाली ल्याउन मंगलबारबाट उद्धार उडान  « Khabarhub

विदेशमा अलपत्र नेपाली ल्याउन मंगलबारबाट उद्धार उडान 


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्धार उडान मंगलबारबाट सुरु हुने भएको छ।

गत सोमबार सीसीएमसी बैठकले काठमाडौंमा क्वारेन्टाइन अभाव भएको भन्दै पाचौं चरणको उद्धार उडान बन्द गर्न परराष्ट्र र नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाई रद्द गरेको थियो ।

सरकारले शर्तसहित उद्धार उडान सुरु गर्ने तयारी गरिरहँदा मंगलबारबाट पुनः उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपाल आउने यात्रुले अनिवार्य रूपमा पीसीआर परीक्षण गरेको र त्यसको रिपोर्ट नेगेटिभ आएकै हुनुपर्ने छ। उडान हुने समयभन्दा ७२ घण्टाअघि आएको रिपोर्टमात्र मान्य हुने व्यवस्था छ।

नयाँ कार्यतालिका अनुसार मंगलबार एयर अरेबियाले सारजाँबाट काठमाडौंका लागि उडान गर्ने भएको छ। यस्तै दुबईबाट फ्लाई दुबईले बुधबार काठमाडौंका लागि उडान भर्ने भएको छ।

अगस्ट २७ मा रियाद गएर नेपाल एयरलाइन्स आउने छ। यस्तै सोही दिन हिमालयन एयरलाइन्सले पनि दमामबाट नेपालीहरुको उद्धार गर्ने छ। सोही दिन टर्किस एयरलाइन्सले इस्तानबुलबाट बढीमा एक सय जना मात्र यात्रु लिएर नेपाल आउने छ।

अगस्ट २८ मा नेपाल एयरलाइनन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्वालालम्पुरबाटै र कतार एयरलाइन्सले दोहाबाट उद्धार उडान भर्ने छ।

अगस्ट २९ मा सिल्क एयरले अस्ट्रेलियाबाट, कोरियनले कोरियाबाट उद्धार उडान गर्नेछ। अगस्ट ३० मा नेपाल एयरलाइन्स र हिमालयनले क्वालालम्पुरबाट उडान भर्ने छन्। यस्तै सोही दिन मालिन्दो एयरले मलेसियाबाट नेपालीको उद्धार उडान गर्ने तय गरिएको प्राधिकरणले जनाएको छ ।

अगस्ट ३१ मा दुबईबाट नेपाल एयरलाइन्स र हिमालयनले आबुधाबीबाट उद्धार उडान भर्ने छ। सेप्टेम्बर १ मा भने कतार एयरलाइन्सले दोहाबाट २ उडान र कुवेत एयरले कुवेतबाट एक उडान भर्ने तय भएको हो।

वायुसेवा कम्पनीले विदेशी नेपाली नियोगसँगको सहकार्यमा मात्र नेपालीलाई ल्याउन पाउने तर टिकटको व्यवस्था भने कम्पनीले नै गर्नुपर्ने समेत स्पष्ट पारिएको छ।

सरकारले भदौ १५ पछि नियमित उडान गरी विदेशमा अप्ठ्यारोमा परेका नेपाली ल्याउने तयारी गरिरहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दैनिक ५ सय यात्रुसम्म ल्याउनसक्ने गरी उडान तालिका निर्माण गरिरहेको छ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ६ : ११ बजे

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि