बुटवलमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार हुँदै « Khabarhub

बुटवलमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार हुँदै

संक्रमण जितेका चिकित्सकले नै गरे रक्तदान



बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना संक्रमित बिरामीको उपचारमा ‘प्लाज्मा थेरापी’ विधि सुरु गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेशन कक्षमा भेन्टिलेटरमा रहेकी ७० वर्षीया एक एक महिलाको उपचारमा प्लाज्मा थेरापी सुरु गरिएको हो ।

पहिलोपटक एक जना चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी सुरु गरेको कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । लुम्बिनी प्रादेशिक अस्पतालका कार्यरत डा. साजन श्रेष्ठले रगत दान गरेका हुन् । डा. साजन कोरोना संक्रमणबाट हालै निको भएका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले प्लाज्मा थेरापी विधि सफल भए अरू बिरामीमा पनि उपचार सुरु गरिने जानकारी दिए ।

कोरोनाको छुट्टै औषधि पत्ता नगालेको अवस्थामा मृत्यु रोक्न सकिन्छ कि भन्ने उद्देश्यले प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको र पहिलो उपचार सफल भए अन्यमा समेत प्रयोग गरिने डा. खनालले बताए ।

अस्पतालका अनुसार आइसोलेशनको सघन उपचार कक्षमा १७ जना संक्रमितहरूको उपचार भइरहेको छ । ती मध्ये दुई जना गम्भीर अवस्थाका बिरामी भेन्टिलेटरमा छन् ।

अस्पतालका चिकित्सक डा. सम्राट पराजुलीले भने, ‘यस क्षेत्रमा (बुटवलमा) यो पहिलो भएको छ, हामी सबै लागेर यो कार्य अघि बढाएका हौँ सफल होला सबैको विश्वास गरौँ ।’ यो उपचारमासबै चिकित्सक, नर्स, नेपाल रेडक्र लगायतको महवपूर्ण भूमिका रहेको उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापीका लागि डा. सुदर्शन थापा क्षेत्रीको नेतृत्वमा ९ जना चिकित्सको टिम रहेको छ ।

हालै त्रिवि शिक्षण अस्पताल काठमाडौंमा कोरोना संक्रमित एक चिकित्सकको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएको थियो ।

कोरोना संक्रमणबाट निको भएका व्यक्तिको रगतबाट प्लाज्मा छुट्याएर संक्रमित व्यक्तिलाई दिई उपचार गर्ने पद्धति प्लाज्मा थेरापी हो । यो उपचारबाट संक्रमित बिरामीमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : १४ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमाmahilसुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन