भक्तपुरमा समुदाय स्तरमा फैलियो कोरोना, बढी सङ्क्रमण मध्यपुरमा « Khabarhub

भक्तपुरमा समुदाय स्तरमा फैलियो कोरोना, बढी सङ्क्रमण मध्यपुरमा


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।

आजसम्म जिल्लामा ११३ महिला र १९४ पुरुष गरी कूल ३०७ मा कोरोना सङ्क्रमण भएको कोभिड सूचना व्यवस्थापन केन्द्रका अस्मिता पवनले जानकारी दिइन् । मध्यपुरथिमि नगरपालिकामा ५१ महिला र ६३ पुरुष गरी ११४ मा सङ्क्रमण रहेकाे बताइएकाे छ ।

मध्यपुरथिमिपछि सूर्यविनायक नगरपालिका क्षेत्रमा सङ्क्रमण बढ्दै छ । सूर्यविनायकमा २७ महिला र ५० पुरुष गरी ७७, भक्तपुर नगरपालिकामा २२ पुरुष र २५ महिला गरी ४७ र सबभन्दा कम चाँगुनारायण नगरपालिकामा सशस्त्र प्रहरी सहित पाँच महिला र ३४ पुरुष गरी ३९ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।

जिल्लामा आज थप भएकामा भक्तपुर नगरपालिकामा एक महिलासहित तीन पुरुष, मध्यपुरथिमिमा एक नाै वर्षीय बालक र ६ महिला र सूर्यविनायकमा एक पुरुष र दुई महिलामा कोरोना सङ्क्रमण भएको छ भने चाँगुनारायणमा सङ्क्रमण नभएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताए ।

चाँगुनारायण नगरपालिकाअन्तर्गत सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटमा कार्यरत २० प्रहरीलाई गत शनिवार एकैसाथ सङ्क्रमण देखिएको थियो । चाँगुनारायणको स्थानीयस्तरमा भने महिला पाँच र पुरुष १४ रहेको केन्द्रका पवनले जानकारी दिइन् ।

सङ्क्रमितमध्ये दुइकाे मृत्यु भएको, ६४ निको भएर घर फर्किएको, ९१ जना होम आइसोलेसनमा रहेको, दुइ जना सम्पर्कमै नआएको, डाक्टर तथा नर्स गरी तीन जनाको अन्यत्र उपचार भइरहेको तथा केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको आइसोलेसनमा ११ महिला र पाँच पुरुष छन् । विदेशबाट आएका तर लक्षण नदेखिएका सङ्क्रमितलाई पनि यहाँ राख्ने गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट भक्तपुरमा स्थानीय दुई जनाको मृत्यु भएको छ । गत शनिबार एक जना सूर्यविनायक निवासी एक ७२ वर्षीय पुरुषको उपचारकै क्रममा काठमाडौंको मेडिकेयर अस्पतालमा मृत्यु भएको हो ।

यसअघि सूर्यविनायक १ निवासी ६८ वर्षीया एक महिलाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । आइतबार पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना भाइरस सङ्क्रमित एक पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना सङ्क्रमित ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचार भइरहेको र आइतबार डायलोसिसका लागि भक्तपुर ल्याइएकामा उपचारकै क्रममा मृत्यु भएको थियो ।

भक्तपुरमा गत वैशाख ३० गते पहिलोपटक दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ती दुवै जिल्ला बाहिरका बासिन्दा थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : २८ बजे

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य