भारतीय काँग्रेसमा नयाँ अध्यक्ष चयन गर्न सोनिया गान्धीको आग्रह « Khabarhub

भारतीय काँग्रेसमा नयाँ अध्यक्ष चयन गर्न सोनिया गान्धीको आग्रह


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गरेकी छिन् । उनले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु गर्न सोमबार आग्रह गरेको जनाइएको छ ।

केन्द्रीय समितिको बैठकको शूभारम्भका क्रममा उनले “पूर्णकालिन र देखिने अध्यक्ष” चयन गर्न आग्रह गरेकी हुन् । उनले आफु अन्तरिम अध्यक्ष भइरहन नचाहेको बताइन् ।

बैठकमा गान्धीपछि बोलेका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र पूर्वरक्षा मन्त्री ए के अन्टोनीले गान्धीको निरन्तरताको पक्षमा बोलेका थिए ।

उनीहरुले गुलाम नाबी असद, आनन्द शर्मा, मुकुल वास्नीकलगायतका प्रमुख नेताहरूले अन्तरिम अध्यक्षलाई दिएको पत्रको आलोचना गरेका थिए ।

श्रोतका अनुसार अन्तरिम अध्यक्ष गान्धीले असदलाई नयाँ अध्यक्ष बनाउने चाहना देखाएकी छिन् ।

बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धीले अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पठाएको पत्रको समयावधिका बारेमा चर्चा गरेका थिए ।

पार्टीका केही नेताहरुले अन्तरिम अध्यक्ष गान्धी गंगाराम अस्पतालमा उपचार गराइरहेका बेला दिएको पत्रका बारेमा उनले ध्यानाकर्षण गराएका हुन् ।

“यो केन्द्रीय समितिको बैठक हो, यो सञ्चार माध्यम हैन, हामी सवैले यहाँ कुरा राख्न सक्छौँ, छलफल गर्न सक्छौँ,” उनले भने । पार्टीका झण्डै २० नेताले पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्व चाहिएको माग गर्र्दै पत्राचार गरेका थिए ।

उनीहरुको माग अनुसार नै पार्टीको नेतृत्वका बारेमा निर्णय गर्ने उद्देश्यले अहिलेको महामारीको बेलामा पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको नेताहरुले जानकारी दिएका छन् ।

नेतृत्वको विषयलाई लिएर भारतीय राष्ट्रिय काँग्रेसका नेता तथा कार्यकर्ताहरु अहिले विभाजित भएका छन् ।

पार्टीको एउटा पक्षले गान्धी परिवारबाटै नेतृत्व चाहिन्छ भन्ने गरेको छ भने अर्को पक्षले गान्धी परिवारभन्दा बाहिरबाट सामुहिक नेतृत्वलाई अगाडि बढाउनु पर्नेमा जोड दिने गरेको छ ।

भारतमा काँग्रेस पार्टीको नेतृत्वमा राहुल गान्धीलाई नै फेरी ल्याउनु पर्ने माग गर्नेहरुको ठूलो संख्या देखिएको छ । निवर्तमान अध्यक्ष गान्धीले गत आम निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नसकेपछि हारको जिम्मेवारी लिदै नैतिकताका आधारमा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

उनलाई पटक पटक राजीनामा फिर्ता लिन आग्रह गर्दा पनि अस्वीकार गरेपछि उनकै आम तथा पार्टीकी शीर्ष नेतृ सोनिया गान्धीलाई अर्को अध्यक्ष चयन नभएसम्मका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको थियो । तर‌, अन्तरिम अध्यक्ष बनेको पनि धेरै भएको र नयाँ अध्यक्ष चयन नभएको भन्दै आलोचना भएपछि नयाँ अध्यक्ष चयनका लागि उनले नै केन्द्रीय समितिमा आग्रह गरेकी हुन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ८ : ०४ बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ