भारतीय काँग्रेसमा नयाँ अध्यक्ष चयन गर्न सोनिया गान्धीको आग्रह | Khabarhub Khabarhub

भारतीय काँग्रेसमा नयाँ अध्यक्ष चयन गर्न सोनिया गान्धीको आग्रह


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गरेकी छिन् । उनले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु गर्न सोमबार आग्रह गरेको जनाइएको छ ।

केन्द्रीय समितिको बैठकको शूभारम्भका क्रममा उनले “पूर्णकालिन र देखिने अध्यक्ष” चयन गर्न आग्रह गरेकी हुन् । उनले आफु अन्तरिम अध्यक्ष भइरहन नचाहेको बताइन् ।

बैठकमा गान्धीपछि बोलेका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र पूर्वरक्षा मन्त्री ए के अन्टोनीले गान्धीको निरन्तरताको पक्षमा बोलेका थिए ।

उनीहरुले गुलाम नाबी असद, आनन्द शर्मा, मुकुल वास्नीकलगायतका प्रमुख नेताहरूले अन्तरिम अध्यक्षलाई दिएको पत्रको आलोचना गरेका थिए ।

श्रोतका अनुसार अन्तरिम अध्यक्ष गान्धीले असदलाई नयाँ अध्यक्ष बनाउने चाहना देखाएकी छिन् ।

बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धीले अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पठाएको पत्रको समयावधिका बारेमा चर्चा गरेका थिए ।

पार्टीका केही नेताहरुले अन्तरिम अध्यक्ष गान्धी गंगाराम अस्पतालमा उपचार गराइरहेका बेला दिएको पत्रका बारेमा उनले ध्यानाकर्षण गराएका हुन् ।

“यो केन्द्रीय समितिको बैठक हो, यो सञ्चार माध्यम हैन, हामी सवैले यहाँ कुरा राख्न सक्छौँ, छलफल गर्न सक्छौँ,” उनले भने । पार्टीका झण्डै २० नेताले पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्व चाहिएको माग गर्र्दै पत्राचार गरेका थिए ।

उनीहरुको माग अनुसार नै पार्टीको नेतृत्वका बारेमा निर्णय गर्ने उद्देश्यले अहिलेको महामारीको बेलामा पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको नेताहरुले जानकारी दिएका छन् ।

नेतृत्वको विषयलाई लिएर भारतीय राष्ट्रिय काँग्रेसका नेता तथा कार्यकर्ताहरु अहिले विभाजित भएका छन् ।

पार्टीको एउटा पक्षले गान्धी परिवारबाटै नेतृत्व चाहिन्छ भन्ने गरेको छ भने अर्को पक्षले गान्धी परिवारभन्दा बाहिरबाट सामुहिक नेतृत्वलाई अगाडि बढाउनु पर्नेमा जोड दिने गरेको छ ।

भारतमा काँग्रेस पार्टीको नेतृत्वमा राहुल गान्धीलाई नै फेरी ल्याउनु पर्ने माग गर्नेहरुको ठूलो संख्या देखिएको छ । निवर्तमान अध्यक्ष गान्धीले गत आम निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नसकेपछि हारको जिम्मेवारी लिदै नैतिकताका आधारमा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

उनलाई पटक पटक राजीनामा फिर्ता लिन आग्रह गर्दा पनि अस्वीकार गरेपछि उनकै आम तथा पार्टीकी शीर्ष नेतृ सोनिया गान्धीलाई अर्को अध्यक्ष चयन नभएसम्मका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको थियो । तर‌, अन्तरिम अध्यक्ष बनेको पनि धेरै भएको र नयाँ अध्यक्ष चयन नभएको भन्दै आलोचना भएपछि नयाँ अध्यक्ष चयनका लागि उनले नै केन्द्रीय समितिमा आग्रह गरेकी हुन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ८ : ०४ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम