मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ « Khabarhub

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन क्रमशः सामान्य लयमा फर्किँदै गएको छ । आइतबार आंशिक रुपमा सुधार भएको मौसम आजदेखि आकाश खुल्दै घाम लागेपछि जिल्लाका बजार, विद्यालय, सरकारी कार्यालय तथा यातायात सेवा पुनः नियमित हुन थालेका छन् ।

लगातारको वर्षाले प्रभावित जिल्लाभर लामो तथा छोटो दूरी सवारीसाधन पुनः सञ्चालन हुन थालेका छन् भने आजदेखि शैक्षिक संस्थाहरु पनि खुलेका छन् । यस्तै, वर्षाले अवरुद्ध बनेका केही ग्रामीण सडकमा पनि सवारीसाधन सञ्चालन सुरु भएको छ । वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड आइतबार नै पहिरो पन्छाएपछि यातायात पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मौसम सुधारसँगै किसानहरू पनि खेतबारीको काममा व्यस्त हुन थालेका छन् । वर्षाका कारण ग्रामीण क्षेत्रमा रोकिएको धान बाली काट्ने लगायतका दैनिक काम पुनः सुरु भएको स्थानीय वीरबहादुर बुढाले बताए ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मौसममा बिस्तारै सुधार आउन थालेपछि जनजीवन पनि सामान्य बन्दै गएको बताए । उनका अनुसार जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दूरीको यातायात आइतबारदेखि नै सुरु गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : २३ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म