साउदीबाट अझै ७ हजार ९ सय नेपाली स्वदेश फिर्तीको पर्खाइमा, २ उडान तय « Khabarhub

साउदीबाट अझै ७ हजार ९ सय नेपाली स्वदेश फिर्तीको पर्खाइमा, २ उडान तय



दोहा- कोरोना महामारी लगायत विविध कारणले साउदीबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या अझै ७ हजार ९ सय भन्दा बढी रहेको दूतावासले जानकारी दिएको छ ।

साउदीबाट दुई वटा उद्धार उडान हुने तय भएसँगै साउदीस्थित नेपाली दूतावास रियाद तथा महावाणिज्य दूतावास जेद्धाले स्वदेश फर्किन चाहनेको संख्या ७ हजार ९६८ रहेको जानकारी दिएको हो।

कोरोना महामारी शुरु भएपछि नेपाल फर्किन चाहने १५ हजार ७ सय ८० जनाको नामावली यसअघि दूतावासले सार्वजनिक गरेको थियो । जसमध्ये विभिन्न उद्धार उडानमार्फत ७ हजार ८ सय १२ जना नेपाली स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

दूतावसाका अनुसार अब अगष्ट २६ तारिख अर्थात आगामी बुधबार दुई वटा उडान हुने तय भएको छ । सो उडानमार्फत प्राथमिकतामा परेकाहरुको उद्धार गरिनेछ ।

कार्यतालिका अनुसार  नेपाल एयरलाइन्सले रियाद तथा हिमालय एयरलाइन्सले दमामबाट उडान भर्ने छन् ।

यसघि दूतावासले विभिन्न मितिमा सार्वजनिक गरेको लिस्टमा नाम भएकाले सम्बन्धित एयरलाइन्समा सम्पर्क गरी टिकट खरिद गर्न अनुरोध गरेको छ ।

पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रु मात्र स्वदेश फर्किन पाइने दूतावासद्वारा जारी सूचनामा जनाइएको छ ।

दूतावासका अनुसार एउटै उडानमा पीसीआर टेस्ट गरेका र नगरेका यात्रुहरु मिसाएर उडान गर्न नपाइने जनाइएको छ ।

पीसीआर टेस्ट नगरेका र गरेका यात्रुहरु एउटै उडानमा भए स्वदेश फर्किएपछि अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने सूचनामा उल्लेख छ ।

होटेल क्वारेन्टाइनमा बस्नुपर्ने यात्रुको हकमा कम्तिमा ७ दिनको होटेल खर्च पनि आफैले तिर्ने लिखित प्रतिवद्धता समेत टिकट खरिद गर्दाको अवस्थामै गर्नुपर्ने जनाइएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण साउदीमा रोजगारी गुमाउने नेपालीको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दो छ ।

दूतावासद्वारा जारी सूचना यस्तो छ-

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १० : ०५ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि