साउदीबाट अझै ७ हजार ९ सय नेपाली स्वदेश फिर्तीको पर्खाइमा, २ उडान तय « Khabarhub

साउदीबाट अझै ७ हजार ९ सय नेपाली स्वदेश फिर्तीको पर्खाइमा, २ उडान तय



दोहा- कोरोना महामारी लगायत विविध कारणले साउदीबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या अझै ७ हजार ९ सय भन्दा बढी रहेको दूतावासले जानकारी दिएको छ ।

साउदीबाट दुई वटा उद्धार उडान हुने तय भएसँगै साउदीस्थित नेपाली दूतावास रियाद तथा महावाणिज्य दूतावास जेद्धाले स्वदेश फर्किन चाहनेको संख्या ७ हजार ९६८ रहेको जानकारी दिएको हो।

कोरोना महामारी शुरु भएपछि नेपाल फर्किन चाहने १५ हजार ७ सय ८० जनाको नामावली यसअघि दूतावासले सार्वजनिक गरेको थियो । जसमध्ये विभिन्न उद्धार उडानमार्फत ७ हजार ८ सय १२ जना नेपाली स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

दूतावसाका अनुसार अब अगष्ट २६ तारिख अर्थात आगामी बुधबार दुई वटा उडान हुने तय भएको छ । सो उडानमार्फत प्राथमिकतामा परेकाहरुको उद्धार गरिनेछ ।

कार्यतालिका अनुसार  नेपाल एयरलाइन्सले रियाद तथा हिमालय एयरलाइन्सले दमामबाट उडान भर्ने छन् ।

यसघि दूतावासले विभिन्न मितिमा सार्वजनिक गरेको लिस्टमा नाम भएकाले सम्बन्धित एयरलाइन्समा सम्पर्क गरी टिकट खरिद गर्न अनुरोध गरेको छ ।

पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रु मात्र स्वदेश फर्किन पाइने दूतावासद्वारा जारी सूचनामा जनाइएको छ ।

दूतावासका अनुसार एउटै उडानमा पीसीआर टेस्ट गरेका र नगरेका यात्रुहरु मिसाएर उडान गर्न नपाइने जनाइएको छ ।

पीसीआर टेस्ट नगरेका र गरेका यात्रुहरु एउटै उडानमा भए स्वदेश फर्किएपछि अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने सूचनामा उल्लेख छ ।

होटेल क्वारेन्टाइनमा बस्नुपर्ने यात्रुको हकमा कम्तिमा ७ दिनको होटेल खर्च पनि आफैले तिर्ने लिखित प्रतिवद्धता समेत टिकट खरिद गर्दाको अवस्थामै गर्नुपर्ने जनाइएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण साउदीमा रोजगारी गुमाउने नेपालीको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दो छ ।

दूतावासद्वारा जारी सूचना यस्तो छ-

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  १० : ०५ बजे

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको