अनौठो जागिर, बिरालालाई सुरक्षागार्डको जिम्मेवारी « Khabarhub

अनौठो जागिर, बिरालालाई सुरक्षागार्डको जिम्मेवारी


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोनाको महामारीले विश्वभर १ खर्बभन्दा बढी मानिस बेरोजगार भएको तथ्यांकहरु सार्वजनिक भइरहेको छ । यसबेला मानिस रोजगारीको खोजीमा छन् । तर मानिसले खाने जागिर कुनै बिरालोलाई दिइयो भन्दा पत्याउनु हुन्छ ? त्यो पनि सुरक्षाको जिम्मेवारी ।

अस्ट्रेलियाको रिचमण्ड शहरको एपवर्थ हस्पिटलमा एक बिरालोलाई सुरक्षागार्डको जिम्मेवारी दिइएको छ । शहरको एक आवारा बिरालोलाई शहरको सेक्युरीटी टिमले कर्मचारी नियुक्त गरेको हो । सुरक्षागार्डको जागिर पाउने बिरालोको नाम एलवुड हो ।

मानिसको जागिर त्यसमा पनि सुरक्षाको जिम्मेवारी सहितको जागिर बिरालोले पाउनु आफैमा अचम्मको घटना हो । यस घटनाको अर्को रोचक पक्ष के छ भने बिरालोलाई तलब दिदा उसले लिदैन । साथैसुरक्षा टिमले बिना तलब बिरालोलाई जागिरमा राख्न चाहेन । त्यसैले बिरालोको तलब बराबरको रकमले खानपिन र देखभालको व्यवस्था गरिएको छ । यतिमात्र होइन बिरालोलाई एक परिचय पत्रको समेत व्यवस्था गरीएको छ ।

परिचय पत्रमा बिरालोको नाम, फोटो र पद लेखिएको छ । उसको जिम्मेवारीमा असपतालको मुख्य गेटमा बसेर भित्रबाहिर गर्ने मानिसको निरीक्षण गर्नु रहेको छ । बिरालोलाई जागिर दिएको प्रसंगबारे अस्पताल प्रशासनले १ बर्षभन्दा बढि समयदेखि मुख्य द्वारमा बसेर सेक्युरिटी सरहको काम गरेकोले जागिरमा राखिएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ७ : ०७ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान