देशभर अविरल वर्षा, सतर्क रहन सुझाव « Khabarhub

देशभर अविरल वर्षा, सतर्क रहन सुझाव

बाढी पहिरो र डुबानको जोखिम


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज पनि देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

केही दिनयता जारी वर्षा शनिबारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान शाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रह देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज सबै प्रदेशका थोरै थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति पनि सबै प्रदेशमा झरी पर्ने सम्भावना छ ।

धेरै भारी वर्षाको सम्भवना रहेका स्थानहरुका नदीको पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ०६ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि