चार किलोमा पहिरो : नारायणगढ-मुग्लिन सडक अवरुद्ध « Khabarhub

चार किलोमा पहिरो : नारायणगढ-मुग्लिन सडक अवरुद्ध


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- लगातारको वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।

बुधबार राति पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।

ट्राफिक प्रमुख भट्टका अनुसार राति लेदोसहित पहिरो खसेको हो । सोही स्थानमा बुधबार दिउँसो ४:३० बजे पहिरो खसेको थियो। पहिरो पन्छाए साँझ ७ बजेपछि खुला भएको सडक पुनः पहिरोले पुरिएको हो ।

त्यसैगरी पृथ्वी राजमार्गको नारायणगढ-नौबिसे सडकखण्ड भने एकतर्फी खुलेको छ । उक्त सडकखण्डको कुरिनटारमा आएको पहिरो पन्छाएर बुधबार रातिबाट सडक एकतर्फी सञ्चालनमा आएको हो ।

लगातार पानी पर्न थालेपछि नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ०४ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको