चार किलोमा पहिरो : नारायणगढ-मुग्लिन सडक अवरुद्ध « Khabarhub

चार किलोमा पहिरो : नारायणगढ-मुग्लिन सडक अवरुद्ध


८ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- लगातारको वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।

बुधबार राति पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।

ट्राफिक प्रमुख भट्टका अनुसार राति लेदोसहित पहिरो खसेको हो । सोही स्थानमा बुधबार दिउँसो ४:३० बजे पहिरो खसेको थियो। पहिरो पन्छाए साँझ ७ बजेपछि खुला भएको सडक पुनः पहिरोले पुरिएको हो ।

त्यसैगरी पृथ्वी राजमार्गको नारायणगढ-नौबिसे सडकखण्ड भने एकतर्फी खुलेको छ । उक्त सडकखण्डको कुरिनटारमा आएको पहिरो पन्छाएर बुधबार रातिबाट सडक एकतर्फी सञ्चालनमा आएको हो ।

लगातार पानी पर्न थालेपछि नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : ०४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस