कोरोनाले काठमाडौँका खसीबोका व्यापारीमा पनि अन्यौल | Khabarhub Khabarhub

कोरोनाले काठमाडौँका खसीबोका व्यापारीमा पनि अन्यौल



काठमाडौँ- सामान्यतया काठमाडौँ उपत्यकामा दशैँका लागि भनेरमात्र ५० हजारभन्दा बढी खसीबोका खपत हुने गर्छ । दशैँका लागि घटस्थापनादेखि खसीबोका किनबेच हुन्छ ।

दशैँ आउनु एकमहिना अघि नै खसीबोका र भेडाच्याङ्ग्रा भित्र्याउन व्यापारीहरुमा चहलपहल सुरु हुने भए पनि यस वर्ष कति खसीबोका ल्याउने भन्नेमै अन्योल देखिएको छ ।

कोभिड-१९ का कारण देश लकडाउन भएसँगै गत वर्षको चैत महिनादेखि मानिसहरु राजधानी छोड्ने क्रम जारी छ । अहिले काठमाडौँमा कति मानिस छन् र कति खसीबोका खपत हुन्छ भन्ने अन्योल रहेको चौपाया खरिद बिक्री संघले जनाएको छ ।

‘लकडाउनका कारण कतिले राजधानी छोडे भन्ने यकिन छैन र दशैँमा फर्किन्छन् कि फर्किंदैनन् भन्ने पनि थाहा हुँदैन,’ संघका अध्यक्ष सञ्जय खत्रीले भने, ‘अहिले काठमाडौँमा घरधनीहरु मात्र रहेको स्थिति पनि छ ।’

विगत वर्षहरुमा असोज लाग्दै दशैँका लागि खसीबोका र भेडाच्याङ्ग्राको आयत सुरु हुने गरेको खत्रीको भनाइ छ । ‘अहिले केही दिनपछि कति ल्याउने भन्नेबारे तथ्याङ्क निकाल्छौँ’ खबरहबसँगको कुराकानीमा खत्रीले भने, ‘३० देखि ३५ हजारसम्म ल्याउने कि भन्ने अनुमान छ ।’

संघकाअनुसार यसअघि हरेक वर्ष दशैँका बेला काठमाडौँका लागि मात्र करिब ५० हजार खसीबोका र ८ हजार भेडाच्याङ्ग्रा भारत, चीन र देशका विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने गरेको थियो ।

खाद्य कम्पनीले ३ हजार ल्याउने

दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी र च्याङ्ग्रा गरेर ३ हजार वटा खरिद गर्ने तयारी गरेको छ ।

खाद्य कम्पनीले २४ सय च्याङ्ग्रा र १६ सय खसी खरिद गर्ने जनाएको छ । कम्पनीले गत वर्ष पनि ३ हजारकै संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गरेको थियो ।

कम्पनीले प्रत्येक वर्ष बजारमा खसी र च्याङ्ग्रा अभाव नहोस् भनेर आफैँले किसानबाट किनेर बजार मूल्यभन्दा केही सहुलियतमा बेच्ने गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

खसी र च्याङ्ग्राको खरिद संख्या तोकिए पनि यसको लागत मूल्य टुङ्गो लागेको छैन । कोभिड-१९ का कारण खसीको मूल्य बढ्ने अनुमान गरिएको छ । कोभिडकै कारण लामो बन्दाबन्दी भएपछि गाउँबाट खसीबोका ल्याउन चुनौतीसमेत थपिएको छ ।

खसीबोकामा आत्मनिर्भरतातिर

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका र दक्ष युवाहरु सामूहिक तथा व्यक्तिगतरूपमा बाख्रापालन व्यवसाय गर्न थालेका छन् । यसबाट दशैँतिहार लगायतका ठूला चाडपर्वहरुमा स्वदेशी खसीबोकाले केही हदसम्म बजार धानेको छ ।

अहिले वार्षिक १ करोड २० लाखको हाराहारी खसीबोका स्वदेशमा उत्पादन हुनथालेको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार विभिन्न सहकारी संस्थामा अकाठमाडौँ उपत्यकामा दैनिक १ हजारदेखि १२ सयसम्म खसीबोका खपत हुने गर्छ ।

‘विगतका तथ्याङ्क हेर्दा वर्षभरिमा ५ लाखसम्म खसीबोका आयात हुन्थे । जसमध्ये ५० हजारको हाराहारीमा दशैँमा आउँथे भने बाँकी अन्य समयमा आउँथे,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले खबरहबसँग भने ।

विगत २ वर्षयता आयातमा कमी आएको उनले बताए । आर्थिक वर्ष २०७५/७६ मा २ लाख ३६ हजार खसीबोका आयात भएको थियो । गत आर्थिक वर्षमा १० हजारमात्र आयात भएको विभागको तथ्याङ्क छ ।

ऐनको प्रावधानअनुसार भारतबाट ल्याइने खसीबोकाको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेर आयत गर्न दिने नियम लागु गरियो’ ढकालले भने, ‘पहिले भन्सारदर ५ प्रतिशत थियो, भारतबाट धेरै खसीबोका आउन थालेपछि भन्सार दर बढाएर १० प्रतिशत पुग्यो ।’

यसपछि देशमै उत्पादन भएका खसीबोकाले बजार पाउन थालेको र युवा जनशक्ति बाख्रापालन व्यवसायमा लाग्न थालेको उनको भनाइ छ ।

यस वर्षको दशैँका लागि १ लाख २० हजार खसीबोका तयारी अवस्थामा रहेको बाख्रापालन व्यवसाय संघ तथा चौपायाका क्षेत्रमा काम गरिरहेका संघसंस्थाले विभागलाई जानकारी दिएको ढकालले बताए । उनले भने, ‘सबै नआउलान् तर ६० प्रतिशत खसीबोका राजधानी भित्रिनेछन्, यस वर्षका लागि स्वदेशी खसीले नै धान्छ ।’

सरकारले कोभिड १९ सुरक्षाका मापदण्ड अपनाएर कृषिजन्य सामग्री ढुवानी गर्न सकिने बताएको छ । यससँगै अब दशैँका लागि खसीबोका काठमाडौँ भित्रिने ढकालको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १० : ३२ बजे

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध किसान महासंघ आन्दोलित

काठमाडौं– भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा अखिल नेपाल किसान

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट

इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद केन्नेसेटलाई सम्बोधन गरिरहेका

कोशी सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने

काठमाडौं– कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत

बागलुङमा डेङ्गी बढेपछि ‘खोज तथा नष्ट’ अभियान

गलकोट– बागलुङमा डेङ्गीको सङ्क्रमण बढेसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु