नवलपुरमा एकै दिन ८३ जना कोरोना संक्रमणमुक्त « Khabarhub

नवलपुरमा एकै दिन ८३ जना कोरोना संक्रमणमुक्त



नवलपुर– पूर्वी नवलपरासीमा बिहीबार एकै दिन ८३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

देवचुली नगरपालिका १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा रहेका ८३ जना संक्रमणमुक्त भएर घर फर्किएको चिकित्सालयले जनाएको छ । संक्रमणमुक्त भएका ८० जना नवलपुरकै रहेका छन् भने तीन जना बाहिरी जिल्लाका छन् ।

१ सय ४० जनाको पीसीआर परीक्षण गरिएकोमा बिहीबार ८३ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा विनोद पौडेलले जानकारी दिए ।

आज संक्रमणमुक्त भई घर फर्किनेमा देवचुली नगरपालिकाका १७ पुरुष र ९ महिला गरी २६ जना रहेका छन् भने विनयी त्रिवेणी गाउँपालिकाका १२ पुरुष र १३ महिला गरी २५ जना छन् ।

यस्तै, संक्रमणमुक्त हुनेमा गैंडाकोट नगरपालिकाका ५ पुरुष र ८ महिला गरी १३ जना, कावासोती नगरपालिकाका ९पुरुष र एक महिला गरी १० जना, मध्यबिन्दु नगरपालिकाका ५ पुरुष तथा हुप्सेकाट गाउँपालिकाका १ महिला रहेका छन् ।

यसैगरी, बारा कलैया र चितवनको भरतपुर महानगरका एक एक पुरुष र भद्रपुर झापाकी १ महिलाले पनि विहीबार नै कारोना जितेर घर फर्किएको अस्पतालका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिए ।

प्राकृतिक चिकित्सालयबाट अहिलेसम्म ५ सय २७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ६ : ०० बजे

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७