सिमसिमे झरीमा दरबार स्क्वायरको रौनक (फोटो फिचर) « Khabarhub

सिमसिमे झरीमा दरबार स्क्वायरको रौनक (फोटो फिचर)



काठमाडौं – मंगलबार रातिदेखि झरी परेपछि काठमाडौं उपत्यकाको मौसम केही चिसिएको छ । कोरोना भाइरसको जोखिम र रातिदेखिको निरन्तरको वर्षाका बावजूद पनि बुधबार भक्तपुर दरबार क्षेत्रमा चहलपहल थियो ।

सिमसिमे झरीमा युवायुवतीहरू रमाइरहेका थिए । कोरोनाका कारण सुनसान भएको काठमाडौंमा बिस्तारै मान्छेहरूको चहलपहल बढ्न थालेको आभास हुन्थ्यो ।

दरबार स्क्वायर क्षेत्रमा घुम्न आएका युवायुवतीले आफूलाई मोबाइलमा खिचिक्क पारिरहेका थिए । कोरोनाको प्रभाव भन्नुपर्छ, यो क्षेत्रमा विदेशी पर्यटकहरू भने देखिँदैनथे ।

त्यसो त, कोरोना भाइरसको जोखिम भएपनि मान्छेहरु मास्क र ह्यान्ड सेनिटाइजरसहित पर्यटकीय स्थलमा पुगेका थिए । लामो समयको बन्दाबन्दी र भाइरसको जोखिमकै बीच पनि मान्छेहरु घरबाहिर निस्कन थालेका छन् ।

कोरोना भाइरसको जोखिमकै बीच एतिहासिक दरबार क्षेत्र घुम्न पुगेका युवा युवतीहरु मास्कसहित देखिन्थे । अर्कातिर, पानीबाट जोगिन मान्छेले ओढेका छाताले पनि दरबार क्षेत्रलाई थप सुन्दर बनाएको थियो ।

यस्तो लागिरहेको थियो, अब कोरोना महामारीपछि पुनः मानिसहरू सामान्य जीवनमा फर्किन आतुर छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ६ : ४१ बजे

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी