सौगात र शिवलाई लिएर आकाशले गरे नयाँ फिल्मको घोषणा « Khabarhub

सौगात र शिवलाई लिएर आकाशले गरे नयाँ फिल्मको घोषणा


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक आकाश अधिकारीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले बिहीवार सामाजिक सञ्जालमार्फत फिल्म निर्माणको घोषणा गर्दै केही कलाकार समेत तय गरेको बताएका हुन् ।

यद्यपि फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका अधिकारीले निर्देशन गर्ने फिल्ममा कलाकार शिव श्रेष्ठ, सौगात मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतको अभिनय रहनेछ ।

फिल्मको कथा अधिकारी आफैले लेखेका हुन् । उनका अनुसार फिल्म सस्पेन्स थ्रीलर जानरामा निर्माण हुनेछ । द स्काई मुभिजको ब्यानरमा निर्माण हुने यो फिल्मको पटकथा विजय उप्रेती, विजय प्रकाश श्रेष्ठ र सजल लोप्चनले तयार पारेका छन् ।

यस्तै फिल्ममा आफ्नो समेत अभिनय रहने निर्देशक अधिकारीले जनाएका छन् । फिलान जवराज कृष्ण थापाको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ६ : ५५ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले