सौगात र शिवलाई लिएर आकाशले गरे नयाँ फिल्मको घोषणा « Khabarhub

सौगात र शिवलाई लिएर आकाशले गरे नयाँ फिल्मको घोषणा


८ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक आकाश अधिकारीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले बिहीवार सामाजिक सञ्जालमार्फत फिल्म निर्माणको घोषणा गर्दै केही कलाकार समेत तय गरेको बताएका हुन् ।

यद्यपि फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका अधिकारीले निर्देशन गर्ने फिल्ममा कलाकार शिव श्रेष्ठ, सौगात मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतको अभिनय रहनेछ ।

फिल्मको कथा अधिकारी आफैले लेखेका हुन् । उनका अनुसार फिल्म सस्पेन्स थ्रीलर जानरामा निर्माण हुनेछ । द स्काई मुभिजको ब्यानरमा निर्माण हुने यो फिल्मको पटकथा विजय उप्रेती, विजय प्रकाश श्रेष्ठ र सजल लोप्चनले तयार पारेका छन् ।

यस्तै फिल्ममा आफ्नो समेत अभिनय रहने निर्देशक अधिकारीले जनाएका छन् । फिलान जवराज कृष्ण थापाको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ६ : ५५ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका