कांग्रेसले भन्यो – प्रधानमन्त्रीज्यू, हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइन ! « Khabarhub

कांग्रेसले भन्यो – प्रधानमन्त्रीज्यू, हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइन !


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्को गरिमा कायम राख्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई अवमूल्यन गरेको भन्दै नेकपा सचिवालय संवैधानिक परिषद्जस्तो बनाउन खोजेको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्त्व, मर्म एवम् मुल्य हुन्छ र हुनुपर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै, लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन ।’

संवैधानिक निकायहरूको गठनमा ढिलाइ गरेर अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने षड्यन्त्र सरकारले गरेको कांग्रेसको आरोप छ ।

विज्ञप्तिमा नेकपा सचिवालय नै संवैधानिक परिषद्जस्तो बनाउन खोजेको भन्दै भनिएको छ,‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ ।’

संविधानको व्यवस्थाबाहिर गएर संवैधानिक परिषद र संवैधानिक नियुक्ति नगर्न समेत कांग्रेसले सरकारसँग अपिल गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ४२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी