कांग्रेसले भन्यो – प्रधानमन्त्रीज्यू, हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइन ! « Khabarhub

कांग्रेसले भन्यो – प्रधानमन्त्रीज्यू, हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइन !


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्को गरिमा कायम राख्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई अवमूल्यन गरेको भन्दै नेकपा सचिवालय संवैधानिक परिषद्जस्तो बनाउन खोजेको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्त्व, मर्म एवम् मुल्य हुन्छ र हुनुपर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै, लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन ।’

संवैधानिक निकायहरूको गठनमा ढिलाइ गरेर अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने षड्यन्त्र सरकारले गरेको कांग्रेसको आरोप छ ।

विज्ञप्तिमा नेकपा सचिवालय नै संवैधानिक परिषद्जस्तो बनाउन खोजेको भन्दै भनिएको छ,‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ ।’

संविधानको व्यवस्थाबाहिर गएर संवैधानिक परिषद र संवैधानिक नियुक्ति नगर्न समेत कांग्रेसले सरकारसँग अपिल गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ४२ बजे

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौं–  प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको नियुक्ति

संसद्‌मा कांग्रेसको प्रश्न- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन किन सार्वजनिक गरेन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन-जी मुद्दाबाट उठेका परिवर्तनलाई

ओली-लेखक पक्राउबारे रवि : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक