गण्डक ब्यारेज फुट्ने खतरा, सतर्कता अपनाउन आग्रह « Khabarhub

गण्डक ब्यारेज फुट्ने खतरा, सतर्कता अपनाउन आग्रह


८ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी- नारायणी नदीमा पानीको बहाब उच्च हुँदा गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचक भन्दामाथि पुगेको छ । लगातारको वर्षाले पानीको सतह बढ्दा ब्यारेज नै फुट्ने खतरा बढेको छ।

बिहीबार दिउँसो ३ लाख १० हजार क्युसेक पानीको सतह पुगेको ब्यारेजमा अहिले ४ लाख १० हजार क्युसेक पानीको बहाब छ । गण्डक ब्यारेजका भू आर्जन अधिकृत तारा सिंहका अनुसार पानीको बहाब उच्च भएकाले ब्यारेज खतराको लेबलमा पुगेको बताए ।

ब्यारेजले चालू वर्षमा चार लाख ४३ हजार सम्म पानीको बहाब बहन गरेको कारण खतराको लेबलमा नपुगेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

उनले तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नारायणी नदीमा आएको बाढीका कारण जिल्लाको प्रातापपुर पाल्हिनन्दन सुस्ता क्षेत्र बाढीको उच्च जोखिममा छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : ४९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका