लिवियाली द्वन्द्वरत समूहबीच ‘स्थायी’ युद्धविरामको समझदारी « Khabarhub

लिवियाली द्वन्द्वरत समूहबीच ‘स्थायी’ युद्धविरामको समझदारी


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिवियाका दुई प्रतिद्वन्द्वी समूहले स्थायी युद्धविरामको समझदारी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पाँच दिनको वार्तापछि शुक्रवार स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । उनीहरूले यो कदमलाई ऐतिहासिक  क्षणको रूपमा उल्लेख गरेका छन् ।

‘लिबियाली जनताका लागि आजको दिन शुभ हो,’ समस्याग्रस्त उत्तरी अफ्रिकी देशका लागि संयुक्त राष्ट्रसंघका दूत स्टेफनी विलियम्सले भने ।

त्रिपोलीमा संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारले पूर्वमा रहेको प्रतिद्वन्द्वी प्रशासनसँग संघर्ष गरिरहेको छ र शक्तिशाली सैनिक जनरल खलीफा हफ्तरको नियन्त्रण रहेको छ ।

‘शुक्रबार बिहान ११:१५ मा जेनेभास्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा दुई लिबियाली प्रतिनिधिमण्डलले तत्काल लागु हुनेगरी देशव्यापी तथा स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन्,’ उनले भने ।

सम्झौतासँगै सबै सैन्य इकाइ र सशस्त्र समूहहरु आफ्नो शिविरहरुमा फर्किनका लागि स्थायीरूपमा द्वन्द्व अन्त्यका लागि सहमत भएका छन् ।

सम्झौता भएको अधिकतम तीन महिनाभित्र लिबियाली स्थल, आकास र जल क्षेत्रबाट सबै विदेशी लडाकूहरू फिर्ता हुनेछन् ।

नाटो समर्थित विद्रोहमा तत्कालिन शासक मोहमर गद्दाफीको पतन र हत्यापछि लिबिया लगभग एक दशकदेखि द्वन्द्वको घेरामा परेको छ । त्यसबेलादेखि लिविया दुई कडा विरोधी प्रशासनबीच विभाजित छ ।

तर, अगस्टमा दुई सशस्त्र समूहले छुट्टै शत्रुता बन्द गर्ने घोषणा गरेपछि समाधानको आशा बढेको थियो । यद्यपि दुबै पक्षले एक अर्कालाई ‘आतंकवादी’ समूहलाई समर्थन गरेको आरोप लगाउन भने छाडेका छैनन् ।

यूरोपियन युनियन र लिबियाको पूर्व औपनिवेशिक शक्ति इटालीले यो सम्झौताको प्रशंसा गरेको छ ।

‘स्थायी युद्धविरामको सहमति राजनीतिक वार्तालाप पुनः सुरु गर्नका लागि महत्वपूर्ण छ,’ ईयूको विदेश नीति प्रवक्ता पीटर सानोले भने, ‘यो सम्झौतालाई कार्यान्वयन भएको देख्नु पनि महत्वपूर्ण हुनेछ ।’

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ६ : ४० बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम