काठमाडौँ मेडिकल कलेजमा दशैँमा पनि कोरोना परीक्षण « Khabarhub

काठमाडौँ मेडिकल कलेजमा दशैँमा पनि कोरोना परीक्षण


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि कोरोना परीक्षण जारी राखेको छ ।

दशैँ सुरू भएसँगै अधिकांश पीसीआर परीक्षण ल्याबहरु शुक्रबारबाट नै बन्द भए पनि सिनामंगलस्थित केएमसीले भने दशैंको विदामा पनि कोरोना परीक्षण जारी राखेको हो ।

कोरोनाको महामारीका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधरणलाई समस्या हुँने भएकाले दशैं विदामा पनि २४ सैं घण्टा पीसीआर ल्याब खुल्ला गर्ने व्यवस्था मिलाईएको काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.सुनिल शर्माले बताए ।

केएमसीको सिनामंगल र दुवाकोटका दुबै अस्पतालबाट स्वाब संकलन गरेर १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गर्दै आएको छ ।

गत असार १४ गतेबाट पीसीआर परीक्षण थालेको केएमसीले हालसम्म ३५ हजार भन्दा बढी स्वाब परीक्षण गरिसकेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : १५ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको