युरोपमा फेरि कोरोनाको महामारी, फ्रान्समा एकैदिन ४२ हजारमा संक्रमण « Khabarhub

युरोपमा फेरि कोरोनाको महामारी, फ्रान्समा एकैदिन ४२ हजारमा संक्रमण


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपमा फेरि कोरोना भाइरसको महामारी देखा परेको छ ।

कोरोना भाइरसको सुरूवाती केन्द्र बनेको युरोपमा फेरि दोस्रो लहरको संक्रमण देखा परेको हो ।

संक्रमण देखिएसँगै विभिन्न मुलुकहरूले प्रतिबन्धहरू लगाउन थालेका छन् । कतै कर्फ्यू र आंशिक लकडाउन लगाइएको छ ।

प्रतिबन्धका बाबजुद संक्रमण दर ह्वात्तै बढेको छ । युरोपेली मुलुकहरूमा मात्रै पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये सबैभन्दा धेरै फ्रान्समा मात्रै पछिल्लो २४ घण्टामा ४२ हजार ३२ जनामा संक्रमण भएको छ । योसँगै फ्रान्समा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ ।

वर्ल्डो मिटर्सका अनुसार पछिल्लो २४ घण्टामा बेलायमा २० हजार, स्पेन र इटालीमा १९/१९ हजार जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ४५ बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार