युरोपमा फेरि कोरोनाको महामारी, फ्रान्समा एकैदिन ४२ हजारमा संक्रमण | Khabarhub Khabarhub

युरोपमा फेरि कोरोनाको महामारी, फ्रान्समा एकैदिन ४२ हजारमा संक्रमण


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपमा फेरि कोरोना भाइरसको महामारी देखा परेको छ ।

कोरोना भाइरसको सुरूवाती केन्द्र बनेको युरोपमा फेरि दोस्रो लहरको संक्रमण देखा परेको हो ।

संक्रमण देखिएसँगै विभिन्न मुलुकहरूले प्रतिबन्धहरू लगाउन थालेका छन् । कतै कर्फ्यू र आंशिक लकडाउन लगाइएको छ ।

प्रतिबन्धका बाबजुद संक्रमण दर ह्वात्तै बढेको छ । युरोपेली मुलुकहरूमा मात्रै पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये सबैभन्दा धेरै फ्रान्समा मात्रै पछिल्लो २४ घण्टामा ४२ हजार ३२ जनामा संक्रमण भएको छ । योसँगै फ्रान्समा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ ।

वर्ल्डो मिटर्सका अनुसार पछिल्लो २४ घण्टामा बेलायमा २० हजार, स्पेन र इटालीमा १९/१९ हजार जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ४५ बजे

मुग्लिन–पोखरा सडक : १३ वटा पक्की पुल निर्माण

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण

चट्याङ लागेर एक महिलाको मृत्यु

नवलपरासी– पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ

जापानको सहयोगमा विद्यालय भवन निर्माण

गोरखा– सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौं– अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री

सुनकोसी मरिण डाइभर्सनको बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय