बाँके र दाङमा थप दुई संक्रमितको मृत्यु « Khabarhub

बाँके र दाङमा थप दुई संक्रमितको मृत्यु


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँके र दाङमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका- १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

असोज २६ गते कोरोना पुष्टि भएपछि असोज २७ मा भेरी अस्पतालमा भर्ना भएका ५० वर्षीय पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यस्तै, होम आइसोलेसनमा बसेका दाङका एक संक्रमित पुरूषको पनि मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ घर भएका ५३ वर्षीय संक्रमित पुरुषको शुक्रबार होम आइसोलेसनमै मृत्यु भएको  कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ ।

ती पुरूष मालपोत कार्यालय घोराहीमा कार्यरत रहेको समेत खुलेको छ । उनमा कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : ०० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब