पाँच महिने बालिकासहित थप चार संक्रमितको मृत्यु « Khabarhub

पाँच महिने बालिकासहित थप चार संक्रमितको मृत्यु


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँच महिने बालिकासहित थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच महिने कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिकाकी पाँच महिने बालिकाको शुक्रबार राति प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार शुक्रबार कोरोना पोजेटिभ देखिएकी बालिकाको उपचार क्रममा साँझ मृत्यु भएको हो ।

बालिकामा ब्रेनसँग सम्बन्धित हाइपोक्सिक इसेमिक इन्सेसाइप्याथी भएको श्रेष्ठले बताए ।

यस्तै बुटवलमा थप एक संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा शनिबार बिहान एक संक्रमितको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कात्तिक ५ गते कोरोना पुष्टि भएका ती वृद्धलाई  कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा शनिबार बिहान ७:४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । योसँगै रूपन्देहीमा कोरोनाले मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

बाँके र दाङमा पनि थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका- १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

असोज २६ गते कोरोना पुष्टि भएपछि असोज २७ मा भेरी अस्पतालमा भर्ना भएका ५० वर्षीय पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यस्तै, होम आइसोलेसनमा बसेका दाङका एक संक्रमित पुरूषको पनि मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ घर भएका ५३ वर्षीय संक्रमित पुरुषको शुक्रबार होम आइसोलेसनमै मृत्यु भएको  कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ ।

ती पुरूष मालपोत कार्यालय घोराहीमा कार्यरत रहेको समेत खुलेको छ । उनमा कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १० : ५५ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी