पाँच महिने बालिकासहित थप चार संक्रमितको मृत्यु « Khabarhub

पाँच महिने बालिकासहित थप चार संक्रमितको मृत्यु


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँच महिने बालिकासहित थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच महिने कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिकाकी पाँच महिने बालिकाको शुक्रबार राति प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार शुक्रबार कोरोना पोजेटिभ देखिएकी बालिकाको उपचार क्रममा साँझ मृत्यु भएको हो ।

बालिकामा ब्रेनसँग सम्बन्धित हाइपोक्सिक इसेमिक इन्सेसाइप्याथी भएको श्रेष्ठले बताए ।

यस्तै बुटवलमा थप एक संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा शनिबार बिहान एक संक्रमितको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कात्तिक ५ गते कोरोना पुष्टि भएका ती वृद्धलाई  कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा शनिबार बिहान ७:४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । योसँगै रूपन्देहीमा कोरोनाले मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

बाँके र दाङमा पनि थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका- १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

असोज २६ गते कोरोना पुष्टि भएपछि असोज २७ मा भेरी अस्पतालमा भर्ना भएका ५० वर्षीय पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यस्तै, होम आइसोलेसनमा बसेका दाङका एक संक्रमित पुरूषको पनि मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ घर भएका ५३ वर्षीय संक्रमित पुरुषको शुक्रबार होम आइसोलेसनमै मृत्यु भएको  कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ ।

ती पुरूष मालपोत कार्यालय घोराहीमा कार्यरत रहेको समेत खुलेको छ । उनमा कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १० : ५५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको