कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु « Khabarhub

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई/दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक/एक जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए ।

“अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ”, उनले भने, “कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।”

शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । बिरामीको प्रभावकारी व्यवस्थापनका कारण सुदूरपश्चिममा मृत्युदर कम भएको जोशीको भनाइ छ । “प्रयोगशाला बढाएर सङ्क्रमण परीक्षणको दायरा बढाउँदै लगेका छौँ”, उनले भने ।

स्वाब परीक्षणा लागि हाल ६ स्थानमा प्रयोगशाला सञ्चालनमा छ। अछाम र कञ्चनपुरमा समेत पीसीआर मेसिन जडानको तयारी रहेको जोशीले बताए ।

हाल सुदूरपश्चिममा एक सङ्क्रमितको अति सघन कक्षमा तथा दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन हजार पाँच सयभन्दा बढी २० वर्षदेखि २९ वर्ष उमेर समूहका सङ्क्रमित बढी छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १२ : १५ बजे

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ

लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने

काठमाडौं– नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

संखुवासभा– २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिचिला गाउँपालिका-१ बस्ने

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

काठमाडौं– इनड्राइभले नेपालका ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१% सेवा शुल्क