लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी « Khabarhub

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ ।

स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ ।

तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ ।

राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित बिहीबार छलफल भएको प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिए ।

‘पूर्वाधारहरु छन् ’, प्रदेशसभा सदस्य थारुले भने, ‘अब संसद् बैठक देउखुरीमा चलाउन सकिन्छ र चलाउनुपर्छ । ’

प्रदेश प्रमुख सचिवसँग सदन चलाउन सक्ने गरी व्यवस्थापन गर्न सकिने ठोकुवा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए। ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौँ, जिम्मेवारी लिन तयार छौँ’, उनले भने, ‘हामीले ठाउँ सबै ठाउँ देखाएका छौँ ।’ राप्ती प्राविधिक शिक्षालयको भवनमा तत्कालका लागि प्रदेशसभा बैठक बसाल्न र मन्त्रालयका कार्यालय राख्न पुग्ने संरचना रहेको जनाइएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रदेशको स्थायी राजधानीसँग जोडिएका विषयमा प्रदेश सचिवसँग छलफल भएको जानकारी दिए । ‘पूर्वाधार भएका क्षेत्रमा पुगेर सरसर्ती हेर्ने काम भएको छ । यसबारे थप अध्ययन र छलफलबाट टुंगो लाग्न सक्छ ।’

राप्ती प्राविधिक शिक्षालय, राप्ती गाउँपालिका, दाङका प्रजिअ, सुरक्षा अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखहरुसँग छलफल भइसकेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १२ : ३० बजे

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ

लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने

काठमाडौं– नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

संखुवासभा– २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिचिला गाउँपालिका-१ बस्ने

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

काठमाडौं– इनड्राइभले नेपालका ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१% सेवा शुल्क