हिउँदमा ओत लाग्न पुलमुनि बस्छन् ‘सुकुम्बासी’ « Khabarhub

हिउँदमा ओत लाग्न पुलमुनि बस्छन् ‘सुकुम्बासी’


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाटा नगरपालिका– ११ का दलहबहादुर बोहरा पुर्व–पश्चिम राजमार्गको बनहरा पुल छेउको बस्तीमा बसोबास गरिरहेका छन् ।

आफूसित सम्पतिका नाममा परिवार मात्रै भएपछि टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइरेका बोहरा स्थायी बसोबास नुहँदा निकै सास्ती झेल्नु परेको दुखेसो पोखे । २०६२ सालदेखि टहरामा बस्दै आएका बोहराले हिउँदमा भने नबनहरा पुलमुनि बास बसिरहेका छन् ।

“ सुकुम्बासी बस्ती त नामको मात्रै हो”, उनले भने, “ वर्षातमा बाढीको डर हुन्छ, अरु समय हाम्रो बास पुल मुनि नै हुन्छ ।”

मुलुकको व्यवस्था परिर्वतन भएर गाउँ गाउँमा सिंहदरबार आएपनि आफूहरु ओत लाग्न पुल मुनि बास बस्नु परेको उनले बताए । “राजमार्गमा दैनिक झण्डावाल गाडीहरु गुडिरहेको देख्छौं”, उनले भने, “ ती गाडीभित्रका ठुलाबडाहरु हामीलाई देखे नदेखे झै गर्छन ।”

विगतमा मजदूरी गरेर जिविका चलाउने गरेका सुकुम्बासीहरु कोरोना कहरपछि मजदुर पाउन गाह्रो भएपछि परिवारको खर्च टार्न मुश्किल परिरहेको दुखेसो पोख्छन् । “ कोरोना आएपछि त पेट पाल्न पनि धौ धौ हुने स्थिति आयो”, उनले भने, “ विपन्नका नाममा राहत बाडिएको सुनियो तर हाम्रो बस्तीमा पुगेन ।”

उक्त सुकुम्बासी बस्तीमा २६ परिवारको बसोबास रहेको छ ।

सोह्र बर्षदेखि सुकुम्बासी बस्तीमा आफूहरु बसोबास गरिरहेको भएपनि अझै पुर्नस्थापनाको कुनै सुरसार कहिँबाट नरहेको उनीहरुको गुनासो छ ।

“बस्तीमा जंगली हात्ती आएर भएको अन्नपात समेत नष्ट गरेर जान्छ, तर स्थानीय निकायबाट कुनै सहयोग मिल्दैन”, बोहराले भने, “ बस्ती पुर्नस्थापनाका लागि धेरै पटक सरोकारवाला निकाय गुहार गरेपनि सुनुवाइ भएन ।”

त्यसैगरी बस्तीकी कलमती दमाईले पनि सुरक्षित बसोबास होला भन्ने आशमा वर्षै बितिसकेको बताए । “सुरक्षित आवास नहुँदा पुल मुनि रात काट्नु पर्ने बाध्यता भएको छ”, उनले भने, “ परिवार ठूलो हुँदा व्यवस्थापन झन् कठिन भयो ।”

सुकुम्बासी बस्तीमा रहेका विद्यालय समेत जादैनन् । बस्तीका बालबालिकाहरु पनि बसोबास उचित नहुँदा जोखिममा रहेको कलावतीको भनाइ छ ।

बस्तीको पूर्वतर्फ कृष्णपुर नगरपालिका पर्छ । स्थानीय मथुरादेवी सार्कीले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिँदै आएपनि बस्तीका हकमा भने लागू नभएको बताए । आर्थिक अवस्था कमजोर भएका कारण पनि बस्तीका बालबालिकाहरुले पढ्न सक्ने अवस्था छैन ।

“सुकुम्बासीका नाममा धेरै नेता भए, धेरैले आफ्नो अवस्था सुधार गरेपनि वास्तविक सुकुम्बासी अझै समस्यामै छन्”, उनले भने, “ बस्तीका धेरै बालबालिकाहरुले अझै विद्यालय देख्न पाएका छैनन् ।”

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १२ : ५२ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि