मासु कसरी स्वच्छ राख्ने ? (केही टिप्स) « Khabarhub

मासु कसरी स्वच्छ राख्ने ? (केही टिप्स)


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दशैँ, तिहार र छठ पर्व हाम्रो सम्मुखमा छन् । यो बेला बजारमा अत्याधिक मासु खपत हुन्छ ।

दशैँमा हरेकका घर–घरमा खसी बोका काट्ने चलन पनि छ । यो समयमा सवैका घर–घरमा मासु प्रशस्त हुने भएकाले सबै मासु तत्काल सकिने अवस्था रहँदैन । मासु बासी राख्दा कुहिने सम्भावना अधिक रहन्छ ।

यस्तो अवस्थामा राम्ररी नपाकेको, बासी तथा अस्वस्थ मासु खाँदा यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । मानिसहरु बिरामी पर्ने खतरा पनि अधिक रहन्छ । मासुमा जीवाणु तथा विषाणु संक्रमण छिटो हुन्छ र कुहिन सक्छ ।

स्वस्थ्य पशु, सफा वधस्थल, वध गर्ने व्यक्तिको सरसफाइ, सफा पानी तथा सफा औजार सामग्री हुनु जरुरी रहन्छ ।
अस्वस्थ मासुको सेवनले एनथ्राक्स, क्षय रोग, ब्रुसेलोसिस, सालमोनेलोसिस, लिस्ट्रयोसिस, ट्राइकोनोसिस, टीनीएसीस, नाम्ले रोगलगायतका रोगहरुमा मानिसमा सर्न सक्ने जोखिम उत्तिकै रहन्छ ।

क्ल्सस्टिडियम, बोटुलिनम, ढुसीमा पेनिसिलियम, म्युकर क्लाडोस्पोरियम, अलटरनेरिया, स्पोरोट्राइकम, थामनिडियम मिसिएर मासु दुषित बन्छ । यस्तो मासु स्वास्थ्यका लागि विषाक्त हुन्छ । यसको प्रयोग गर्दा झाडा पखाला लाग्न सक्छ । यी किटाणुले पहिले मानिसको पेट, आन्द्रा आदिमा आक्रमण गर्छन् ।

बिग्रेको मासुको सतह चिपचिपे हुनु, स्वभाविक रंगको सट्टा फिक्का वा कालो निलो हुने, ग्याँस उत्पादन हुने, गन्धमा फरक हुने बोसो पग्लेर जाने हुन्छ ।

अक्सिजन उपलब्ध नहुँदा पनि बाँच्न सक्ने जीवाणुले मासु बिगारेमा मासु कुहिएर दुर्गन्धित हुन्छ र अमिलो हुन्छ यसले स्वास्थ्यमा असर पुर्‍याउँछ ।

मासुको उचित सञ्चय कसरी गर्ने ? यस विषयमा सवैलाई जानकारी नहुन सक्छ । यहाँ मासु कसरी सञ्चय गर्ने भन्ने विषयमा केही टिप्स प्रस्तुत गरिएका छन्–

मासु सञ्चय गर्दा शून्य डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राख्नुपर्छ । यसले मासुजन्य तन्तुमा हुने सबैखाले गतिविधि निष्क्रिय पार्छ । यसले मासुको गुणस्तर बिर्गान सक्ने सबै खाले विषाणु, जीवाणु तथा ढुसीबाट हुने प्रदूषण र संक्रमणलाई रोक्छ ।

१ चिस्याउने
२ पकाउने
३ जल विग्रहीकरण
४ रसायनको प्रयोग
५ अम्ल्याउने तथा
६ विकिरण गर्ने गर्नुपर्छ ।

राँगाको मासु १२ महिना, बंगुरबदेलको मासु, ६ महिना खसी, बोका, भेडा च्यांग्राको मासु ६ देखि ९ महिना, कुखुराको मासु ३ देखि ६ महिनासम्म राख्न सकिन्छ ।

मासुलाई १५० देखि १६० डिग्री फरेनहाइट तताएर सुरक्षित गर्न सकिन्छ । यो तापक्रममा सबै जीवाणु र विषाणु नष्ट हुन्छन् । यसरी पकाएका मासुका परिकार फ्रिजमा राखी संरक्षण गर्नुपर्ने हुन्छ ।

मासुलाई २५० डिग्री फरेनहाइट तापमा पकायो भने सबैखाले जीवाणु/विषाणु नष्ट हुन्छन् । यसबाहेक मासुलाई जलविग्रहीकरण गरी सुकुटी बनाएर सुरक्षित राख्न सकिन्छ ।

परम्परागत मरमसला प्रयोग गरेर, अम्लीकरण गरेर, डिप फ्रिज वा फ्रिजमा राखेर, पकाएको मासु राम्रोसँग छोपेर फ्रिजमा राख्नु राम्रो हुन्छ । यसो गरेमा चाडबाडका बेला खाएको मासुबाट स्वास्थ्यमा कम असर पर्ने हुन सक्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ३ : ०८ बजे

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा