देशभर २४ घण्टामा २२२५ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा २२२५ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४६०५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ६०५ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विवरण

 

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ४ : ३६ बजे

परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा विकसित पछिल्लो परिस्थितिलाई सहज

जेनजी र सेनाबीचको वार्तामा डा तोसिमा, हर्क र हमाललाई पनि सहभागी गराउन माग

काठमाडौं– सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले युवाहरू र नेपाली राजनीतिमा नयाँ

कञ्चनपुर कारागारबाट भागेकामध्ये २१ कैदीबन्दी फिर्ता

कञ्चनपुर– कञ्चनपुर कारागारबाट मङ्गलबार राति फरार भएका मध्ये हालसम्म २१

सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार

काठमाडौँ– अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन्

कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन

बैतडी– कारागारमा आगजनी गरेर फरार रहेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन