कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्कालाई कोरोना « Khabarhub

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्कालाई कोरोना


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना संक्रमण देखिएको छ । लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

डा. खड्काले अहिले आफू होम आइसोलेसनमा बसिरहेको र श्रीमती डा. सन्जु खड्काका साथै छोरालाई पनि कोरोना देखिएको जानकारी दिएका छन् ।

“अहिले सम्म अबस्था सामन्य छ, डाक्टर खड्काले भने, सामन्य रुघाखोकी बाहेक अहिलेसम्म कुनै जटिल खालको लक्षण देखिएको छैन।”

हालसम्म कर्णाली प्रदेश अस्पतालमा कार्यरत १८ जना चिकित्सकमा कोरोना देखिएको छ ।

संक्रमण देखिएका सबै निको भैसकेका छन् । कर्णाली प्रदेश अस्पतालमा वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको कोरोनाकै कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ५ : १३ बजे

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री