यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका १५ जिल्ला « Khabarhub

यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका १५ जिल्ला


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै २ हजार २२५ जनामा संक्रमण देखिएको छ।

कुल संक्रमितमध्ये शनिबारसम्ममा एक लाख आठ हजार ३३४ संक्रमणमुक्त भएका छन् भने ८४२ जनाको मृत्यु भएको छ।

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा २० हजार ७२२ जना छन् भने ललितपुरमा २ हजार ५३३ र भक्तपुरमा १ हजार ४५४ संक्रमित छन्।

मन्त्रालयका अनुसार, उपत्यकाका तीन जिल्लासहित कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा माथि रहेका जिल्लाको संख्या १५ छ।

झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पनि सक्रिय संक्रमित ५०० भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मोरङमा ३ हजार ७७, सुनसरीमा २ हजार ४५६, रुपन्देहीमा १ हजार ९७७, चितवनमा १ हजार ६९, मकवानपुरमा १ हजार २४, कास्कीमा ८०६, कैलालीमा ७२२, झापामा ७२१, दाङमा ७१३, काभ्रेमा ५८०, सुर्खेतमा ५६४ र बाँकेमा ५३९ सक्रिय संक्रमित छन्।

मन्त्रालयको तथ्यांकले मनाङ बाहेक मुलुकका सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : ०२ बजे

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र