भुटानको स्याटेलाइट अन्तरिक्षमा पठाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणा « Khabarhub

भुटानको स्याटेलाइट अन्तरिक्षमा पठाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणा


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष भुटानी स्याटेलाइट अन्तरिक्षमा पठाउने घोषणा व्यक्त गरेका छन् ।

रुपे कार्डको दोस्रो चरणको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले भारतले चाँडै भुटानी उपग्रह अन्तरिक्षमा पठाउने घोषणा गरेका हुन् ।

‘भारतले निजी क्षेत्रका लागि पनि आफ्नो अन्तरिक्ष क्षेत्र खोलिसक्यो । यसले नवीन क्षमता र सीपलाई बढावा दिनेछ । आईएसआरओले अर्को वर्ष भुटानको उपग्रह पठाउँदै छ । त्यसका लागि तीव्र गतीमा काम भइरहेको  छ,’ उनले भने ।

त्यसको तयारीका लागि चार भुटानी अन्तरिक्ष इञ्जिनियरहरूलाई डिसेम्बरदेखि नै भारतमा प्रशिक्षण दिइने उनले बताए ।

‘रुपे कार्ड प्रक्षेपणको पहिलो चरणमा ११,००० सफल रुपे लेनदेन भुटानमा भइसकेका छन । आज चरण २ सुरु भएपछि हामी भुटानलाई रुपे नेटवर्कमा पूर्ण-समय साझेदारका रूपमा स्वागत गर्दछौँ,’ ”मोदीले भने ।

सो अवसरमा भुटानका प्रधानमन्त्री लोटे शेरिंगले महामारीको सामना गर्न मोदीको प्रयासको सरहना पनि गरे ।

‘म विश्वस्त छु कि महामारीलाई अन्त्य गर्न भारत सक्षम हुनेछ । भारतले खोप विकास गर्न जुन नेतृत्व लिइरहेको छ त्यो हामी सबैका लागि आशाको स्रोत हो,’ उनले थपे ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : १० बजे

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले