एउटा अनौठो गाउँ जहा मानिसदेखि जनावरसम्म दृष्टिविहीन ! | Khabarhub Khabarhub

एउटा अनौठो गाउँ जहा मानिसदेखि जनावरसम्म दृष्टिविहीन !


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसारमा यस्ता धेरै ठाउँहरु छन्, जहाँ अनौठा र रोचक गतिविधिहरु भईरहेका हुन्छन् । त्यस्तै अनौठो गतिविधिहरु मेक्सिकोमा एक गाउँमा पनि रहेको छ ।

जुन गाउँलाई दृष्टिवीहिनहरुको गाउँ भनेर पनि चिन्ने गरिन्छ । उक्त गाँउमा बस्ने मानिस मात्र नभई पशुपंक्षीहरु समेत दृष्टिबिहिन रहेका छन् ।

मेक्सिकोको टिल्टेपक नाम गरेको गाँउमा बालबालिकाहरु सामान्य जन्मिए पनि केहि समयपछि उनीहरुको आँखाको दृष्टि हराउँदछ र बालबालिकाहरु अन्धो बन्दछन् । जोपोटेक आदिवासीका मानिसहरु अवस्थित गाउँमा यस्तो अनौठो समस्या देखा परेको हो ।

करिब ७० वटा झुप्रा घरहरु छन् र जनसंख्या ३ सय जति रहेको गाँउका मानिसहरु आफूहरुले सबै अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दोषी मान्दै आएका छन् ।

लाभजुएला नामको उक्त रुख हेरेपछि मान्छे मात्र नभै पशुपक्षी सबै अन्धा हुने उनिहरुको भनाई छ । तर वैज्ञानिकहरु भने अन्धोपनाको पछाडि उक्त रुखको कुनै हात नरहेको भन्दै एक प्रकारको विषालु झिंगा रहेको बताउँदै आईरहेका छन् ।

उनिहरुलाई उक्त विषालु झिंगाले टोकेपछि मानिस र जनावरहरुको आँखाको ज्योति हराउने दाबी समेत गरेका छन् । त्यस गाउँका मानिसहरुको घरहरुमा ढोका हुँदैनन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ०५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’