तस्वीरमा हेर्नुहोस् किसानको दैनिकी « Khabarhub

तस्वीरमा हेर्नुहोस् किसानको दैनिकी


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर चिसो बढ्दो क्रममा छ । चिसोकैबीच सर्वसाधारण आआफ्नो दैनिकीमा व्यस्त छन् ।

आफ्नै व्यवसाय गरेर स्वरोजगार बन्ने सोचका साथ काम गरिरहेका नेपालीको दैनिकी फरक फरक छ । कसैले बारीमा लगाएको कोदो भित्र्याउने बेला भएको छ भने कोही गाईभैसी स्याहार्नमा व्यस्त देखिन्छन् ।

फूलखेती गर्नेदेखि मानिसको दैनिक जीवनमा चाहिने सामान उत्पादन गर्न पनि अहिले व्यावसायिक काम शुरु भएको छ ।

यहाँ हामीले नेपालीको दैनिकी झल्कने केही तस्वीर प्रस्तुत गरेका छौँ ।

तस्वीरमा हेर्नुहोस् नेपाली किसानको दैनिकी :

तनहुँको शुक्लागण्डकी नगरपालिका–१०, मलागिरीका किसान बारीमा पाकेको कोदो टिप्दै ।
बागलुङको गलकोट नगरपालिका–७ मल्म, आँगाखेतमा फूलेको तोरी ।
कतारमा १० बर्ष बिताएर आएका समीर थापा बिगत ४ बर्षदेखि १३ रोपनी जग्गा भाडामा लिएर रु आठ लाख लगानीमा गोलभेडा खेती शुरु गरेका हुन ।
दुना टपरी बनाउन ललितपुरको मङगलबजारमा सालको पात किन्दै सर्वसाधारण ।
लालझाडी गाउँपालिका,शङकरपुरका किसान बदाम खन्दै । यस क्षेत्रमा बदामखेती अधिक हुने गरेको छ ।
लालझाडी गाउँपालिका,शङ्करपुरका किसान बदाम खन्दै । 
कृषि ज्ञान केन्द्र तनहुँको कार्यालय परिसरमा कार्यालयले लगाएको सयपत्री फूल खेती ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० मलवाका माउते हफिजुल मुसलमान ढुवानी गर्ने धान हात्तीमाथि राख्दै । हात्तीको प्रयोग विवाहमा र सौखिन मानिसले सफारीका लागि गर्छन । माउते मुसलमानका अनुसार हात्ती ५७ वर्षको भयो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० मलवाका माउते हफिजुल मुसलमान ढुवानी गर्ने धान हात्तीमाथि राख्दै । 
कपिलवस्तु शिवराज नगरपालिका बगैचा टोलमा नजिकैको जङगलबाट दाउरा ल्याउँदै महिला ।
कपिलवस्तु शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा प्याजको विउ छर्नका लागि खेत तयार गर्दै कृषक ।
बागलुङ नगरपालिका–४ का किसान गणेश शर्माले बागलुङ बजार नजिकै सञ्चालन गरेको व्यावसायिक गाईभैँसी फार्म ।
धनगढीको तिल्केताल नजिकै एक स्थानीयले व्यावसायिकरुपमा गरेको तरीकारी खेतीमा लगाएको गोलभेडाका बिरुवा गोडमेल तथा स्याहार गर्दै स्थानीय कृषक ।
तुलसीपुर उपमहानगरपालिका–४ खुमखानीका नागरिकले गरेको व्यावसायिक बाख्रापालन । यहाँ प्रत्येक घरमा करिब १०० भन्दा बढी बाख्रापालन गर्ने गरिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ खुमखानीका नागरिकले गरेको खेतीबारी । त्यहाँका नागरिकहरु खेतीपाती गरेरै जीवन धान्ने गरेका छन ।

तस्वीर : रासस

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ११ : ५६ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा