‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’ « Khabarhub

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने गरि आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको बताएका छन् ।

बाह्रखरी मिडियाले शनिबार काठमाडौंमा आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत स्थितिमा पुर्याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको भन्दै बजेट लेखनमा त्यसको प्रयास भइरहेको बताएका हुन् ।

उनले आर्थिक क्षेत्रलाई चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीको वातावरण बनाउने नीति रहेको उल्लेख गरे। अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई पनि मध्यनजर गरिएको बताए ।

निजी क्षेत्रलाई विश्वास लिएरमात्रै आर्थिक विकास सम्भव रहेको भन्दै उनले व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए ।

त्यस्तै अर्थमन्त्री वाग्लेले निजी सम्पत्तिको सुरक्षा, सम्झौताहरूको कार्यान्वयन र करको भारलाई कम गर्ने गरी नीतिगत सुधार गरिने उनले बताए । उनले सुशासनका लागि पनि सरकारले गम्भीरतापूर्वक कार्य गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ४ : ५८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना