प्रचण्डले ओलीलाई बुझाएको प्रतिवेदन कार्यकर्तामा बाँडेपछि नेकपामा फेरि तरंग ! « Khabarhub

प्रचण्डले ओलीलाई बुझाएको प्रतिवेदन कार्यकर्तामा बाँडेपछि नेकपामा फेरि तरंग !


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले फिर्ता लिन आग्रह गरिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रतिवेदन कार्यकर्तामा वितरण थालिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले सचिवालयमा पेश गरिएको प्रतिवेदन फिर्ता लिन भनिएपनि कार्यकर्तामा वितरण गर्न थालिएको बताए ।

प्रचण्ड समूहले तयार पारेको प्रतिवेदन पुस्तक बनाएर कार्यकर्तामाझ वितरण थालिएको एक नेताले बताए । उनले भने, ‘प्रतिवेदनको ३२ पृष्ठ लामो पुस्तक तयार पारिएको छ । सोही पुस्तक कार्यकर्तामा बाँड्न थालिएको छ ।’

प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ नाम दिइएर पुस्तकका रुपमा तयार पारिएको ती नेताले बताए । उनले भने, ‘केन्द्रमा विवाद मिलाउन पहल भइरहेका बेला विवादलाई तल्लो तहमा पुर्‍याउने काम हुनु दु:खद हो । यसले समस्या समाधान गर्नुको साटो थप समस्या थपिँदै जानेछ ।’

प्रधानमन्त्री ओली निकटका ती नेताले भने, ‘पार्टीको सचिवालयमा पेश भएको प्रतिवेदन उत्तिनै बेला मेचीदेखि महाकालीसम्मका सञ्चारमाध्यममा चुहाइएको थियो। अहिले पुस्तक प्रकाशन नै गरेर तल्लो तहका कार्यकर्तासम्म वितरण हुँदैछ । यो काम पार्टीको विवादलाई संस्थागत गर्ने उद्देश्यसहित आयो । यसबाट उहाँहरुले फूटको राजनीति गरेको प्रष्ट हुन्छ ।’

यता प्रचण्ड पक्षधर नेताहरुले भने यो आरोप सत्य नभएको बताएका छन् । एक नेताले खबरहबसँग भने, ‘पार्टीभित्र आपसी धेरै मतभेद छ । यसलाई सम्बादबाट मात्रै हल गर्न सकिन्छ भनेर हामीले बैठक आह्वान गरेका हौँ । बैठक बोलाइएको छ । अब त्यो बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रतिवेदनका आधारमा हामी अघि बढ्नेछौँ ।’

मंसिर १३ गते बस्ने बैठकमा अध्यक्ष ओलीको पनि प्रतिवेदन आउने अपेक्षा गरेको बताउँदै उनले त्यसपछि दुवै प्रतिवेदनमा बारेमा विस्तृत छलफल हुने बताए ।

उनले भने, ‘पार्टी फूटका विषयमा बाहिर आएको हल्लाजस्तो अवस्था छैन । नेताहरुबीच मतभिन्नता छ । त्यो बैठकहरु सञ्चालन हुन थालेपछि हल हुँदै जानेछन् । अहिले हामी पार्टीलाई कसरी मजबुद बनाउन सकिन्छ भनेर लागेका छौँ ।’

प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन पेश गरेका थिए। नेकपा सचिवालय बैठक यही मंसिर १३ गते बस्दैछ। बैठक बस्नु अगाडि नै प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन लगाउने प्रयास भइरहेका बेला प्रतिवेदनलाई पुस्तकका रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न थालिएको भन्दै ओली पक्ष भने आक्रोसित बनेको छ ।

१३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डको प्रतिवेदनको लिखित जवाफ दिने बताइएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  २ : १५ बजे

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ

कङ्गोमा इबोला प्रकोप तीव्र, ५८० जनाको मृत्यु

किन्शासा- कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा इबोला प्रकोप अझै तीव्र बन्दै