गुलाप्सा खातुन हत्या प्रकरण : प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले चलायो गोली « Khabarhub

गुलाप्सा खातुन हत्या प्रकरण : प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले चलायो गोली

४ जना घाइते, एकको अवस्था गम्भीर


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिवास– बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाप्सा खातुनको हत्याको विरोधमा प्रदर्शन गरिरहेकालाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय ३५ वर्षीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन्।

न्यौपानेको तिघ्रामा र आलमको टाउकोमा गोली लागेको छ। न्यौपाने र कार्कीको थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

प्रदर्शनमा उत्रिएका श्याम कार्कीलाई प्रहरीले हानेको ४ राउण्ड गोली लागेको छ। कार्कीको छाती, घाँटी, पाखुरा र हातमा गोली लागेको छ। अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदैछ।

बालिका हत्याको बिरोधमा स्थानीयवासीले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रदर्शनमा नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ।

स्थानीयले शवबोकेर सडकमा प्रदर्शन गरेका छन्। बर्दिवास नगरपालिका-१४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी आइतबार साँझदेखि बेपत्ता भएकी थिइन्। उनको शव सोमबार साँझ घर नजिकै बोरामा पोको पारेको फालेको अवस्थामा फेला परेको थियो।

हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ।
पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन्‌। पक्राउ परेका शाहको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन्‌।

प्रहरीका अनुसार खातुनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको थियो।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ३ : २३ बजे

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी

संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित

‘लगानीकर्ताको लगानीको स्रोतहरू खोज्न थाल्यो भने बजार धराशायी हुन्छ’

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत रूपमा ओरालो लागेको