एनआरएनए कतारद्वारा अलपत्र १४ नेपाली कामदारलाई निःशुल्क हवाई टिकट « Khabarhub

एनआरएनए कतारद्वारा अलपत्र १४ नेपाली कामदारलाई निःशुल्क हवाई टिकट



दोहा-  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कोरोना भइरसका कारण रोजगारी गुमाएर नेपाल फर्किने हवाईभाडा समेत जुटाउन नसकेका थप १४ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काएको छ ।

नेपाल फर्किनका लागि भाडा समेत जुटाउन नसकेका थप १४ जनालाई टिकटको व्यवस्था गरी स्वदेश पठाइएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

उनका अनुसार कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यववसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार पाँचौ चरणमा थप १४ जनालाई हवाई टिकट दिएको हो ।

१९ नोवेम्बरमा एक महिना भन्दा बढी एनसीसी कतारले खाना-बस्नको ब्यवस्थापन गरि बसेका माहोत्तरीकी उमा खड्का, सल्यानकी लक्ष्मी कुनवार र रौतहटकी निरा दर्लामी स्वदेश फर्काइएको अध्यक्ष मुसलमानले बताए ।

यसैगरी लामो समयदेखी हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराइरहेका लमजुङका नारायण भण्डारी,काभ्रेका हरि सरन मिजार, इलामका केशव कुमार कार्की, नुवाकोटका गजेन तामाङ लाई हवाई टिकटको व्यवस्था गरिएको उनले बताए ।

उनका अनुसार  सिरहाका पुर्सोत्तम पासवान, ईलामका सुष्मा लेपचा, मकवानपुरका मदन तिमिल्सिना, सिरहाका होमबहादुर कार्की, महोत्तरीका राज कुमार कपार, पर्बतका हरि बहादुर विश्वकर्मा तथा पूर्ण बहादुर बिकेलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको हो ।

हालसम्म एनआरएनए कतारले ४४ जना पीडित नेपालीलाई हवाई टिकेट उपलब्ध गराइ स्वदेश पठाइसकेको जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ५२ बजे

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन

नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण