म्यानपावरमा भेटिएको गाडीबारे दूतावासले भन्यो : अनुगमनमा आएको कतारी टोलीलाई दिएका थियौं | Khabarhub Khabarhub

म्यानपावरमा भेटिएको गाडीबारे दूतावासले भन्यो : अनुगमनमा आएको कतारी टोलीलाई दिएका थियौं


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार लाजिम्पाटस्थित म्यानपावर कम्पनी होप इन्टरनेसनलमा छापा मार्दा काठमाडौंस्थित कतार दूतावासको सवारी साधान फेला परेको विषयमा दूतावासले स्पष्टोक्ति दिएको छ।

दूतावासले प्रेस नोट जारी गर्दै कतार पुलिसमा नेपाली नागरिक लैजानेबारे भइरहेको अन्तर्वार्ताको अनुगमनका लागि आएको कतारी नागरिकको टोलीलाई दूतावासले सवारी साधान उपलब्ध गराएको बताएको छ।

तर, कतारस्थित नेपाली दूतावासले श्रमिक माग प्रमणित नगरिकनै कामठाडौंमा भने धमाधम अन्तर्वार्ता भइरहेको छ।

यसरी अन्तर्वार्ता लिनु अवैध भन्दै वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीमा सोमबार र मंगलबार छापा मारेको छ।

यस्तो अवैध काम भइरहेको स्थानमा दूतावासको सवारी साधन फेला परेपछि यो प्रकणमा दूतावासकै पनि संलग्नता रहेको हुनसक्ने भन्दै आलोचना शुरु भएको थियो। तर, दूतावासले यो प्रकरणमा दूतावासका कर्मचारीको कुनै संलग्नता नरहेको बताएको छ।

दूतावासले भनेको छ, ‘कतार पुलिसमा नेपाली नागरीकलाई लैजान कतारी नागरीक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदुतावासको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौ। नेपालवाट कतार मा आवश्यक पुलिसमा भर्ति गराउँन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ताकस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि सांच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलिलाइ राज्यको जिम्मेवार निकाय राजदूतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता छैन।’

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ११ : ०६ बजे

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३

स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि

खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा

खाँदबारी– खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा १५ शय्याको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्