म्यानपावरमा भेटिएको गाडीबारे दूतावासले भन्यो : अनुगमनमा आएको कतारी टोलीलाई दिएका थियौं « Khabarhub

म्यानपावरमा भेटिएको गाडीबारे दूतावासले भन्यो : अनुगमनमा आएको कतारी टोलीलाई दिएका थियौं


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार लाजिम्पाटस्थित म्यानपावर कम्पनी होप इन्टरनेसनलमा छापा मार्दा काठमाडौंस्थित कतार दूतावासको सवारी साधान फेला परेको विषयमा दूतावासले स्पष्टोक्ति दिएको छ।

दूतावासले प्रेस नोट जारी गर्दै कतार पुलिसमा नेपाली नागरिक लैजानेबारे भइरहेको अन्तर्वार्ताको अनुगमनका लागि आएको कतारी नागरिकको टोलीलाई दूतावासले सवारी साधान उपलब्ध गराएको बताएको छ।

तर, कतारस्थित नेपाली दूतावासले श्रमिक माग प्रमणित नगरिकनै कामठाडौंमा भने धमाधम अन्तर्वार्ता भइरहेको छ।

यसरी अन्तर्वार्ता लिनु अवैध भन्दै वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीमा सोमबार र मंगलबार छापा मारेको छ।

यस्तो अवैध काम भइरहेको स्थानमा दूतावासको सवारी साधन फेला परेपछि यो प्रकणमा दूतावासकै पनि संलग्नता रहेको हुनसक्ने भन्दै आलोचना शुरु भएको थियो। तर, दूतावासले यो प्रकरणमा दूतावासका कर्मचारीको कुनै संलग्नता नरहेको बताएको छ।

दूतावासले भनेको छ, ‘कतार पुलिसमा नेपाली नागरीकलाई लैजान कतारी नागरीक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदुतावासको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौ। नेपालवाट कतार मा आवश्यक पुलिसमा भर्ति गराउँन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ताकस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि सांच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलिलाइ राज्यको जिम्मेवार निकाय राजदूतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता छैन।’

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ११ : ०६ बजे

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी