फ्रेन्च लिग वानमा पीएजीको शानदार जित | Khabarhub Khabarhub

फ्रेन्च लिग वानमा पीएजीको शानदार जित


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्ट्रासबोमाथि सहज जित निकालेको छ ।

पार्क डेस प्रिन्सेसमा बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले स्ट्रासबोमाथि ४-० को शानदार जित निकालेको हो।

पीएजीले खेलको १८औँ मिनेटमा टिमोथी पेम्बेलेको गोलबाट अग्रता बनायो । खेलको ७९औँ मिनेटमा केलियन एम्बापेले गोल गर्दै अग्रता दोब्बर बनाए । ८८औँ मिनेटमा एड्रिसामा गुएयेले खेल ३-० को अवस्थामा पुर्‍याए ।

अतिरिक्त समयमा मोइस किनले गोल गर्दै घरेलु टोलीलाई ४-० को फराकिलो जित सुनिश्चित गरे।

जितसँगै पीएसजी १७ खेलबाट ३७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ६ : ३५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’