बिहानको समयमा दुई घण्टा बढी सुत्दा दिमाग हुन्छ दुईगुणा बढी एक्टिभ « Khabarhub

बिहानको समयमा दुई घण्टा बढी सुत्दा दिमाग हुन्छ दुईगुणा बढी एक्टिभ


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्यका दृष्टिकोणबाट हेर्ने हो भने राति चाँडो सुतेर विहान चाँडै उठ्नु राम्रो मानिन्छ । तर, एक अनुसन्धान अनुसार बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्ने देखिएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्न पाउँदैन ।

अलि बढी सुत्दा शरीरमा कार्बोहाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन् । टन्न सुत्दा तपाईंले दिनमा कम्तीमा ३८५ क्यालोरीयुक्त भोजन गर्न सक्नुहुन्छ ।

अनि यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ । नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ ।

प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ । -एजेन्सीको सहयोगमा।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ५ : ४६ बजे

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)

ट्रम्पको कर चेतावनीले दक्षिण कोरिया चिन्तित

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स