जसमायाँले स्वीकारिनन् केन्द्रीय सदस्य « Khabarhub

जसमायाँले स्वीकारिनन् केन्द्रीय सदस्य


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-  प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री समेत रहेकी झापाकी नेतृ जसमायाँ गजमेरले नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् ।

मंगलबार ओली पक्षले केन्द्रीय सदस्य थप गर्दा झापाका अन्य नेताहरुसँगै उनको पनि नाम समावेश भएको थियो ।

जनता महामारीले रोएका बेला आफूले पाएको केन्द्रीय सदस्यको पद स्वीकार्न नसकेको उनले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिएकी छन् ।

उनले लेखिकी छन्–‘विश्वास र भरोसाका साथ अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोई रहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको सदस्यको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिन ।’

खवरहवसँगको टेलिफोन कुराकानीमा उनले अझै पनि पार्टी एकता गर्न सकिने सम्भावना भएको र दुई समूहले अलग अलग केन्द्रीय कमिटी बनाएकाले आफू कतै पनि बस्न नचाहेको बताएकी छन् ।

उनले भनिन–‘म कुनै समुहमा पनि रहन्न, अझै पनि पार्टी एकता गर्न सकिने अवस्था छ । त्यसैले पार्टीलाई औपचारीक विभाजन हुन नदिन सवै कमरेडहरुलाई आग्रह पनि गर्दछु ।’

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ८ : ५४ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ