बन्दुकधारीको आक्रमणबाट इथियोपियामा एक सय बढीको मृत्यु « Khabarhub

बन्दुकधारीको आक्रमणबाट इथियोपियामा एक सय बढीको मृत्यु


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इथियोपियामा बन्दुकधारीको आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

इथियोपियाको पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा बन्दुकधारीहरुको आक्रमणबाट एक सय जना भन्दा बढीको मृत्यु भएको हो ।

आक्रमण विद्रोहीहरुको पकड रहेको मेटेकल जोनको बुलेन काउन्टीको बेकोजी गाउँमा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । धेरै जातिय समूहहरुको बसोबास रहेको उक्त स्थानमा लामो समयदेखि जातिय हिंसा हुँदै आएको बताइएको छ ।

इथियोपियामा सन् २०१८ मा अबि अहमद प्रधानमन्त्रीमा नियुक्त भएसँगै विद्रोहीले आक्रमणलाई तीव्र पारेका छन् । सरकारले सुशासनका लागि काम गर्न नसकेको भन्दै विद्रोहीहरुले सरकार विरुद्धको आन्दोलनका क्रममा सर्वसाधारणको हत्या गर्न थालेको बताइएको छ ।

यता सरकारले भने आगामी वर्ष हुने निर्वाचनको तयारीका लागि शासकीय सुधारका काम गरिरहेको बताएको छ । तर विद्रोहीले आफ्ना हिंसात्मक गतिविधि बढाएपछि सर्वसाधारण हिंसाको शिकार बनेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १० : ४२ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर