अमेरिकामा एकैदिन ३ हजार ४०१ संक्रमितको मृत्यु « Khabarhub

अमेरिकामा एकैदिन ३ हजार ४०१ संक्रमितको मृत्यु


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा एकैदिन ३ हजार ४०१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार २१८ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ८९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३२ हजार ३४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ८९ लाख १७ हजार १५२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ११ लाख १ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७४ लाख ८१ हजार ६८ जनामध्ये २८ हजार ७२८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १२ : ०३ बजे

रास्वपाबाट गोरखा–१ मा सुदन गुरुङ उम्मेदवार बन्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी पुस्ताका अगुवा सुदन

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा