केन्द्रीय कमिटीअघि दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

केन्द्रीय कमिटीअघि दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक

सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको  ‘आकस्मिक’ बैठक डाकेको छ ।

‘बिहान ११ बजे डाकिएको केन्द्रीय कमिटी बैठकलाई सारेका छौँ, स्थायी कमिटीबाट केन्द्रीय कमिटीमा केही एजेण्डा ल्याएर अनुमोदन गर्दै पार्टी संरचना व्यवस्थित गर्न पर्ने भएकाले यस्तो गरिएको हो,’ नेता बेदुराम भुसालले खबरहबसँग भने ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा डाकिएको स्थायी कमिटी बैठकबाट के एजेण्डा केन्द्रीय कमिटीमा जाँदैछन् भन्नेमा भने उनले केही पनि खुलाएनन् ।

नेकपाकै दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य शिवकुमार मण्डलले भने सचिवालयमा हेरफेर र महासचिवको विषय केन्द्रीय कमिटीबाट अनुमोदन गराउन स्थायी कमिटीले प्रस्ताव ल्याउन लागेको जानकारी दिए ।

‘केन्द्रीय कार्यालयका सदस्यदेखि सचिवालयसम्मका सबै विषय केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुपर्ने भएकाले स्थायी कमिटीबाट अनुमोदनका लागि सिफारिस आउँछ, हामी त्यसलाई पारित गर्छौँ,’ मण्डलले भने ।

दाहाल-नेपाल समूहमा महासचिवको आकांक्षीमा पाँच जनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र वर्षमान पुनमध्ये पाण्डेको विषयमा मोटामोटी सहमति बनेको मण्डलले ब प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ ।

गत आइतबार (५ पुसमा) प्रतिनिधिसभा विघटनपछि गत मंगलबारबाट नेकपाका दुई समूह (ओली र दाहाल नेपाल) समानन्तररूपमा बैठक थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि दिउँसो साढे १२ बजे बालुवाटारमा डाकेको छ । बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।

दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेका छन् । आफू पार्टीको संस्थापन भएको जनाउन दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णय तीव्र पारेका छन् ।

अल्पमतमा परेको ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

दाहाल-नेपाल समूहले पनि ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको तथा आफ्नो पक्षमा साविकको ४४१ केन्द्रीय सदस्यको बहुमत संख्या रहेको ब्यहोराको जानकारी निर्वाचन आयोगमा गराइसकेको छ ।

एकीकरणको ३२ महिनापछि नेकपा अन्ततः विभाजनमा गएको छ । तर, यसलाई औपचारिक घोषणा गरिएको छैन ।

गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको हो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ११ : ४८ बजे

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको