सुन्तलाको बढ्यो उत्पादन, घट्यो बजार « Khabarhub

सुन्तलाको बढ्यो उत्पादन, घट्यो बजार


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुने भएको छ ।

गत वर्ष नौ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष दश हजार ५०० मेट्रिक टन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्सालले बताए ।

सुन्तला सुपरजोन क्षेत्रमा गत वर्षको तुलनामा यसवर्ष ६०० मेट्रिक टन बढी सुन्तला उत्पादन हुने अनुमान छ ।

स्याङ्जामा सुन्तला सुपरजोनअन्तर्गत एकहजार ३४८ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ । जसमध्ये ८०८ हेक्टर क्षेत्रफलमा रहेको बगैँचाले उत्पादन दिने गरेको छ भने ५४० हेक्टर क्षेत्रफलमा सुन्तलाका बिरुवा लगाइएको प्रमुख लम्सालले बताए ।

सुपरजोनअन्तर्गत यसवर्ष ३० हेक्टर क्षेत्रफल वृद्धि गरी सुन्तलाका बिरुवा लगाउने लक्ष्य कार्यालयको रहेको प्रमुख लम्सालको भनाइ थियो ।

‘गतवर्ष सुन्तला बिक्रीबाट सुपरजोन क्षेत्रभित्र मात्रै रु ३५ करोड आम्दानी भएको थियो, यसवर्ष कति हुन्छ, यकिन छैन,’ प्रमुख लम्सालले भने, ‘यसवर्ष कोभिड–१९ सङ्क्रमणका कारण सुन्तलाले बजार नपाउँदा किसान चिन्तित छन् ।’

हालसम्म सुपरजोन लागू भएका क्षेत्रभित्र उत्पादन भएका सुन्तलामध्ये १५ प्रतिशत मात्रै बिक्री भएको तथ्याङ्क कार्यालयसँग छ ।

‘स्याङ्जामा उत्पादन भएको सुन्तलालाई प्याकेजिङ र ग्रेडिङ गरेर चीन लैजाने सम्झौता भएको तर कोभिडका कारण निरीक्षणका लागि चीनबाट टोली नआएकाले प्रक्रिया अगाडि बढ्न सकेको छैन,’ प्रमुख लम्सालले भने ।

विगत वर्षमा आन्तरिकरुपमा सुन्तला बिक्री हुने गरेकोमा यसवर्ष कोभिड– १९ का कारण सुन्तलाको बिक्री घटेको हो ।

पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको दायाँबायाँ बाटोबाटै धेरैजसो सुन्तलाको खपत हुने गरेकोमा यस वर्ष सवारी साधन कम सञ्चालन हुनु, सुन्तलाले चिसो हुने र कोभिडको जोखिम बढ्ने भन्ने गलत बुझाइका कारण पनि सुन्तला कम मात्रामा खपत भएको उनको भनाइ छ ।

स्याङ्जाका एघार पालिकामध्ये पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा सुन्तला सुपरजोन क्षेत्र घोषणा भई कार्यान्वयनमा रहेको छ ।

पुतलीबजारका १, २, ३, ७, १०, ११, १३, १४ वालिङको ४ नं वडा, भीरकोटको १,२,३,६,७,८ नं. वडा तथा अर्जुनचौपारी गाउँपालिकाको १, २ वडा सुन्तलाका पकेट क्षेत्र हुन् ।

सुन्तला सुपरजोन लागू भएका क्षेत्रमा किसान समूह ११५, निजी फार्म ७५ र सहकारी १३ वटा गरी कूल २०३ संस्था सूचिकृत भएका छन् । जसमा तीन हजार २५९ सदस्य आबद्ध रहेका छन् ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ३ : २९ बजे

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल