संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले सडक प्रदर्शन गर्ने « Khabarhub

संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले सडक प्रदर्शन गर्ने


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रचण्ड–माधव समुहको नेकपा केन्द्रीय कमिटिको बैठकले पुष १४ गते संसद विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कमिटिको बैठकले सरकारी निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बबरमहलमा बसेको केन्द्रीय कमिटिको बैठकले भोलि केन्द्रिय सदस्य, सासंदहरू लगायत माईतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने र दिउसो २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने, १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने, १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने र १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले पुष २० गतेभित्र नगर र गाउँपालिकासम्म बैठक, भेला गर्ने, २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने र काठमाडौँ लगायतका शहरहरूमा संसद विघटनविरुद्ध दैनिक आन्दोलन गर्ने निर्णयसमेत गरेको छ ।

केन्द्रीय कमिटिको बैठकले प्रवक्ता नारायणकाजि श्रेष्ठको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय सघर्ष समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १२ : ०१ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा